logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा चट्याङ लागेर एकको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी चैत ८ ।

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षिय होमकला श्रीसको मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको बेला शुक्रबार पौने आठ बजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो । घाइते श्रीसलाई उपचारको लागि पाल्पा लगेको बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर राजजकुमार रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend