logo
  • शुक्रबार, असोज ९ २०८३

देश हाँक्नेहरुको दुरदर्शिता पहिचान र स्वावलम्बी बन्ने समय


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

किसन खत्री,काठमाडौं ।

मान्छेको विचार दिगो र दुरदर्शी हुनुपर्दछ र त्यसको निम्ति समयसापेक्ष विवेक चाहिन्छ । हाम्रा नेताहरुको यहि कुराको कमिले आज हजारौ बिद्यार्थिहरुको मनस्थितिमा आघात पुगेको छ । COVID-19 सन्सारकै खतरनाक जैबिक शत्रुको रुपमा आएकोले यसबाट बच्नु र बचाउनु पहिलो प्राथमिकता हुन्छ नै । यो निर्णय को सम्मान गर्नुपर्दछ तर एकमात्र रहेको त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थललाई पुर्णरुपमा बन्द गरेर भारत र चिनसंगका सम्पुर्ण नाकाहरु बन्द गरि प्रत्येक परीक्षा केन्द्रमा उच्च किसिमको सतर्कता, स्वास्थ्य सुबिधा उपलब्ध गरि SEE र अन्य विश्व विधालयका परीक्षा संचालन गराइनु पर्थ्यो ।

हेक्का हुनुपर्थ्यो यो देशमा हिमाल र पहाड धेरै छ । त्यहा बिद्यार्थी पनि धेरै छन । घरबाट डेरा खोजेर परीक्षा केन्द्रमा सबै कुरा व्यवस्था गरेर परीक्षा दिने विद्यार्थीको सङ्ख्या धेरै छ । १३-१४ घण्टा अगाडि एस्तो निर्णय गर्नुलाइ म गलत त भन्दिन तर दुरदर्शिता, उचित योजना र विवेक को कमि चाहिँ पक्कै भको हो । देशभित्र COVID-19 नदेखिएको हुनाले मुखमै आएको परीक्षा उचित स्वास्थ्य ब्यबस्था गरेर गराइनु पर्थ्यो जस्तो मलाइ लाग्दछ । USA को स्वास्थ्य क्षेत्रको उच्च तहले जुलाई 20 भन्दा अगाडि COVID-19 नियन्त्रण नहुने घोषणा गरेको छ । कुरा थ्यो दश दिनको । यदि हामिमाझ यो Virus आको थिएन भने दश दिन जसरी पनि मेन्टन गर्न सकिन्थ्यो । अब दश दिन पछि झन खतरा र डर तथा बढी सतर्कता बढ्दै जानेमा कुनै सङ्का छैन । यस्ले अन्योलको स्थिति सीर्जना गरेकै छ ।

आज हाम्रै अगाडि प्रमाणित भयो कि हाम्रो सिस्टम अनि सिस्टम हाक्ने हरु दुरदर्शी छैनन,️यिनलाइ पाहुनाको चिन्ता छ ️। यहि निर्णय कम्तिमा ४-५ दिन अघि गरेको भए गाउँ गाउँका कलिला बिद्यार्थिले दुख त पाउने थिएनन । काठमाण्डु मात्र देख्नेले मेची महाकाली देख्न सकेनन । यिनिहरुलाइ यो देश र यहाका भविश्यको चिन्ता छैन। यदि छ भने पनि यिनिहरु समयसापेक्ष निर्णय र कार्य गर्न असक्षम छ्न । यो पाराले देश बन्दैन । हामी नेपाली कति अल्छी छौ, हाम्ले कस्ता नेता छानेर पठायौ, कत्तिको योजना गर्न सक्छन, कति दुरदर्शी छन र यिनिहरुको विवेक कति छ त्यो आफ्नो अफ्नो तहबाट मुल्याङ्कन गर्न सकेनौ ।

हामी आफैमा सजग बनौ । आफ्नो ख्याल आफै गर्नुस । सरकार्ले यो गर्ला त्यो गर्ला भनेर बिस्वस्त हुने समय छैन । सुरक्षित बसौ,स्वस्थ बसौ,यस्तोबेला सेवामुखी बनौ । COVID-19 सम्बन्धी Update भैराखौ र यसबाट बच्न अपनाउनुपर्ने कुनै कसुर बाकी नराखौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend