साझा नेटवर्क
राम बहादुर बिश्वकर्मा,प्युठान चैत ६ ।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसविरुद्वको सचेतना अभिवृद्विमा सन्चारकर्मिको भूमिका अहं हुने बताएका छन् ।
बुधबार स्वास्थ्य कार्यालय प्युठान को आयोजनामा सन्चारकर्मि संग भएको अन्तरक्रिया कार्यक्रममा उनले क्रोना भाइरसबारे व्याप्त अफवाह चिर्दै सचेतनामा सन्चारकर्मिको भूमिका महत्वपूर्ण हुने बताए । सुबेदिले सन्चारकर्मिहरुमा सामाजिक उत्तरदायित्वबोध उन्नत छ भन्ने प्रमाणित गर्न पनि वर्तमान तरलताको स्थितिमा रचनात्मक भूमिका खेल्नुपर्ने बताए । राज्यले लिएको पहलकदमीलाई जनताकावीचमा पुर्याई सचेतनाको काममा सन्चारकर्मिले सहयोग गनुपर्ने सुबेदिले बताए । अन्तर जिल्लानाकामा हेल्थ डेक्स: प्रमुख सुवेदीका अनुसार अन्तर जिल्ला जोड्ने नाकामा हेल्थ डेक्स राख्ने तयारी भएको बताए ।
स्थानीय तहसँगको समन्वयमा प्यूठान जिल्ला सँग सिमा जोडिएका नाकामा हेल्थ डेक्स राख्ने उनको भनाई थियो । यो रोग बढी मानव मानव बाट सर्ने भएकोले उहाँले हाथ न मिलाऔं , मनले नमस्कार गरौं भन्दै सबैलाई सन्देश दिएका थिए। ऐरावतीका व्यक्ति आइसोलुसन: ऐरावती गाउँपालिका–२ मा भेटिएका विरामी बुटवलमा आइसोलुसन कक्षमा रहेको उनले जानकारी दिए। उनको ल्याव टेष्टका लागि काठमाण्डौ लगिएको समेत उनले जानकारी दिए। विरामी व्यक्ति सहित ६ जना बुटवल गएकोमा हेरचाहका लागि श्रीमति सँगै रहेकी छिन् । बाँकी चार जना घर फर्किएका छन् । श्रीमति श्रीमानको हेरचाहका लागि बस्नुभएको हो, उनले भने । सञ्चार माध्यम र पत्रकारले सही सूचना प्रवाह गर्नुपर्ने भन्दै सामाजिक सञ्जालबाट त्रसित बनाउने काम भइरहेको उनको भनाई थियो ।
कोरोनाको औषधि पत्ता नलागिसकेको र सामान्य लक्षणका ६ महिनाका लागि पुग्ने औषधी स्टक रहेको समेत उनले बताए । नेपालमा अहिलेसम्म चार सय ९६ जनालाई जाँच गरेकोमा एक जनालाई मात्र संक्रमण भेटिएको छ, उनले भने, डराइहाल्नुपर्ने अवस्था छैन, सर्तकर्ता अपनाउनु चाहिँ आवश्यक छ । पाँच नम्वर प्रदेशले क्वारेन्टाइन भवन निर्माण गर्न लागेको समेत उनले जानकारी दिए । ल्याव समेत स्थापनाको तयारी भएको उनको भनाई छ । त्यस्तै कार्यक्रममा प्युठान अस्पतालका निमित्त प्रमुख डा.अमृत पन्थीले क्रोनाका सम्बन्धमा अर्नगल ढंगका प्रचार भइरहेकोले नागरिकमा त्रास उत्पन्न भएको बताए। सहि सूचनाको अभाव र सस्तो प्रचारबाजीका कारण नागरिकमा क्रोना भाइरस सम्बन्धी भ्रामक प्रचारमा बाँच्नुपर्ने परिस्थिति सिर्जना भएकोले सत्य तथ्य बुझेर मात्र प्रकाशन तथा प्रसारण गर्न संचारमाध्यमसंग डा :पन्थिले अपिल गरे ।
उनले नेपालमा अहिलेसम्म क्रोना संक्रमति बिरामी नदेखिएका कारण आतंकित नभई आवश्यक सर्तकता अपनाउन आग्रह गरे । नियमित रुपमा हात धोऔं, भीडभाडमा नजाऔं, अनावश्यक रुपमा नाक, कान र मुखमा हात लगाउने काम नगरौं भन्ने सन्देशलाई व्यापक रुपमा प्रवाह गर्नुपर्ने आवश्यक्ता रहेको डा पन्थिले औल्याए । कार्यक्रममा सन्चारकर्मिले जिल्लामा हुने सबै घटना सम्बन्धि सूचना एक द्वार प्रणाली बाट जानकारी भएमा क्रोना भाइरस सम्बन्धि पनि देशभरका सवै संजालमार्फत राष्ट्रव्यापी हिसाबले सहज हुने बताएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend