साझा नेटवर्क
सबिन बस्नेत ।
हाम्रै छिमेकी देश चीनको बुहान शहरबाट फैलिएको यो महामारियुक्त सरुबा रोगले अहिलेसम्म धेरै मानिसको ज्यान जाने खतरा बिश्वब्यापी बन्दै गइरहेको छ । पछिल्लो बिश्व स्वास्थ्य संगठनको आंकडा अनुसार युरोपका देश मुख्यगरी इटाली र सर्बशक्तिमान एंब स्वास्थ्य क्षेत्र अब्बल ठानिने अमेरिका पनि बढी प्रभाबित देखिएका छन । बिश्वमा तिस हजार भन्दा बढी मानिसको मृत्यु भएको कारण मानिने यो रोगको प्रारम्भिक लक्षण रुघाखोकी भएपनी मुख्य गरि फोक्सोमा न्युमोनिया भएपछी स्वासप्रस्वासमा जटिलता आइ बिरामिको मृत्यु हुने चिकित्सकहरुको भनाइरहेको पाइन्छ । यो बढी सुषुप्त अबस्थामा सर्ने र ढिलोगरी लक्षण देखिने हुदा उपचारको प्रबन्ध पनि सहज नहुने हुन्छ ।खोपको प्रबन्ध गरिसकेको चीनसंग अरु राष्ट्रले संयुक्त प्रयत्न नगर्दा अहिले बिश्वको आर्थिक स्थिती पनि धराशायी हुने संकेत पनि संगसंगै देखिएको छ ।
बिश्व नै यो कोरोना रोगको शिकार भैरहेको स्थितिमा नेपाल जस्ता अल्पबिकसित देशमा फैलिएमा स्थिती भयाबह हुने सहजै अनुमान गर्न सकिन्छ ।धन्य ।पशुपतिनाथको भरोसाले वा प्राकृतिक अबस्थितिले छिमेकी देश पाकिस्तान ,भारत र चीनमा देखिदा समेत चिसो हावापानी भएको देश नेपालमा भने भित्रिन सकेको छैन । सुरक्षाको राम्रो ब्यबस्था हाम्रै छिमेकी देश चीनको बुहान शहरबाट फैलिएको यो महामारियुक्त सरुबा रोगले अहिलेसम्म धेरै मानिसको ज्यान बिश्वब्यापी बन्दै लिइरहेको छ । पछिल्लो बिश्व स्वास्थ्य संगठनको आंकडा अनुसार युरोपका देश मुख्यगरी इटाली र सर्बशक्तिमान एंब स्वास्थ्य क्षेत्र अब्बल ठानिने अमेरिका पनि बढी प्रभाबित देखिएका छन ।बिश्वमा तिस हजार भन्दा बढी मानिसको मृत्यु भएको कारण मानिने यो रोगको प्रारम्भिक लक्षण रुघाखोकी भएपनी मुख्य गरि फोक्सोमा न्युमोनिया भएपछी स्वासप्रस्वासमा जटिलता आइ बिरामिको मृत्यु हुने चिकित्सकहरुको भनाइरहेको पाइन्छ । यो बढी सुषुप्त अबस्थामा सर्ने र ढिलोगरी लक्षण देखिने हुदा उपचारको प्रबन्ध पनि सहज नहुने हुन्छ । खोपको प्रबन्ध गरिसकेको चीनसंग अरु राष्ट्रले संयुक्त प्रयत्न नगर्दा अहिले बिश्वको आर्थिक स्थिती पनि धराशायी हुने संकेत पनि संगसंगै देखिएको छ ।
बिश्व नै यो कोरोना रोगको शिकार भैरहेको स्थितिमा नेपाल जस्ता अल्पबिकसित देशमा फैलिएमा स्थिती भयाबह हुने सहजै अनुमान गर्न सकिन्छ ।धन्य ।पशुपतिनाथको भरोसाले वा प्राकृतिक अबस्थितिले छिमेकी देश पाकिस्तान ,भारत र चीनमा देखिदा समेत चिसो हावापानी भएको देश नेपालमा भने भित्रिन सकेको छैन ।सुरक्षाको राम्रो ब्यबस्था भएका जापान,इटाली र स्रोतसाधन र नागरिक सचेतता अति उच्च रहेका अमेरिका र जर्मनीजस्ता देश निम्छरो र युद्द हारेर फर्किएको सिपाही भैरहेको स्थितिमा नेपालको प्रयत्न इन्द्रको अघि स्वर्गको बयान र हात्तिको मुखमा जिरा भने झै हो । यद्यपि जति तयारी गरिरहेको छ ।त्यो स्वागतयोग्य छ ।
यतका कार्यक्रम सोहि निर्धारित समयमा गराउने प्रयत्न हुदाहुदै पनि एकदिन अगाडी क्भ्भ् र अरु पछिका परिक्षा रोक्दै लक डाउनको तयारिका पछाडी सार्क राष्ट्र र बिश्व स्वास्थ्य संगठनको परामर्श नै हो । अहिले कोरोनाको फैलावट युरोपबाट एसियाली क्षेत्रमा तिब्र हुने संकेत छ । बिरोध भन्दा नि सचेत र आत्म निगरानीमा रहुं ।जनमानसलाइ आतंकित होइन सहि ज्ञान देउ । बिपतमा कालोबजारी होइन ,आफ्नो ठांउमा इमान्दारिता देखाउ ।मौका नखोजौ । जापान,इटाली र स्रोतसाधन र नागरिक सचेतता अति उच्च रहेका अमेरिका र जर्मनीजस्ता देश निम्छरो र युद्द हारेर फर्किएको सिपाही भैरहेको स्थितिमा नेपालको प्रयत्न इन्द्रको अघि स्वर्गको बयान र हात्तिको मुखमा जिरा भने झै हो । यद्यपि जति तयारी गरिरहेको छ । त्यो स्वागतयोग्य छ ।
एकमहिना भन्दा अघि देखी कोरोनाको हल्ला नेपालमा पनि चलिरहेको छ ।चल्नेपनी भयो आफ्नै छिमेकी देश चीनको बुहानमा इपिसेन्टर भएको अनुमान गरिएको कोरोनाको यहि हल्लाका बिच सबै प्रणालिले सहि काम नगर्ने र तथ्यांक र योजनामा कम बिश्वास भएको देश नेपालमा मौकामा चौका हान्नुपर्छ भन्ने सोच भएका ब्यापारी,शासक र जनताको पनि कमि छैन । आफ्नो व्यावसायिक मर्यादा र राज्यको नितिनियममा रहि बिपदमा नाफामुखी नभै सेवामुखी हुदै सरकारसंग हातेमालो गर्नुपर्छ भन्ने संस्कार गणतन्त्रको बिहानिमा पनि कहिकतै झुल्किन नसक्नु बिडम्बना हो । ताल परे तिबारी नत्र गोतामे भने झै आफ्नो स्वार्थ पुरा गर्न समय पर्खिने जमात ठुलै छ । नितिगत भ्रष्टाचार गर्नसक्नेको पनि कमि छैन भन्दा हुन्छ ।
कोरोनाको हल्ला फैलिन साथ पत्रकारहरु भाइरल हुन सत्यभन्दा भ्रम बेचिरहेका छन । ब्यापारी खाद्यान्न ,ग्यास,औषधि मात्रै होइन जाबो मास्क समेत लुकाइराखेको छ ,जनता जसको शक्ती उसको भक्ती गरि दुइ बर्षलाइ पुग्ने सामान स्टक गर्न रिण खोजेर लागेको छ । मानौ अरु मरेपनी उ मात्रै बाच्नुपर्छ भने झै । चिकित्सक उपचार गर्न होइन अस्पतालको बिल कसरी बढाउने भनी नयाँ नयाँ औषधी प्रेसक्राइब गरि कमिशन कुमल्याउने सोचिरहेको छ । प्रहरी प्रशासन कालाबजारिको संरक्षण र घुसको पान चपाउदै रातो जिब्रो देखाउदैछन । सरकार कहां कति छ र प्रती महिना खपत कति हो भन्दापनी नैतिकबान हुन पढाइरहेको छ ।सामान्य नागरिक तिन वटा सिलिन्डर र नुनमा पांच हजार खान छिमेकिलाइ फकाइरहेको छ ।हो हामी दुखमा ब्यापार गर्न सबै खप्पिस छौ । अनि बिल गेट्सको सपना बाचिरहेका छौ ।
अहिले सरकारले बिश्व स्वास्थ्य संगठनको परामर्श पछि भोली देखी गर्न थालेको देशभरिको दशको परिक्षा स्थगित गर्दै बिधालय समेत बन्द गर्न आग्रह गरेको छ । अहिलेसम्म हरियो संकेतको रुपमा रहदै आएको भएपनी एकदिन अगाडी क्भ्भ् र अरु पछिका परिक्षा रोक्दै लक डाउनको तयारिमा जुट्ट्नु पछाडी सार्क राष्ट्र र बिश्व स्वास्थ्य संगठनको परामर्श नै हो । नागरिकको स्वास्थ्य स्थिती राम्रो रहे परिक्षा पछि पनि संचालन हुने भन्दै स्थगित गरेपछी केहि समुह सरकारको बिरोध पनि गर्दैछन । सि परिक्षा सामान्य अरु परिक्षा जस्तै हो भन्ने भ्रमबाट उन्मुक्ती वा आभास नहुदा यो स्थिती भएको हो कि १कोरोनाको फैलावट युरोपबाट एसियाली क्षेत्रमा तिब्र हुने संकेत छ । बिरोध भन्दा नि सचेत र आत्म निगरानीमा रहुं । जनमानसलाइ आतंकित होइन सहि ज्ञान देउ ।
बिपतमा कालोबजारी होइन ,आफ्नो ठांउमा इमान्दारिता देखाउ मौका नखोजौ । सरकारको यो परिपक्वतालाइ सबैले बिश्वास गरौ । देशको आफ्नै सिमा भएकाले जनतालाइ घरभित्र राखेर खुवाउने क्षमता छैन ।यसरी बुझ्नुपर्छ । तसर्थ भिडभाडबाट जोगिदै आत्मरक्षाका उपाय अबलम्बन गरौ । देश नै लक डाउन हुने स्थिती नआउने गरि सरकारको चाल प्रभाबकारी हुदै जाओस । हामी गोर्खाली भनेर पहाडसंग निहु नखोजौ । सरकारले अनुगमन गरि कालाबजारिका किरालाइ जेलको हावा खुवाउन सकृय बनोस । यस्ता मुद्दामा कसैले अराजनीतिक गतिविधि नगरौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend