साझा नेटवर्क
साझा नेटवर्क,काठमाण्डाै चैत ५ ।
कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेकाे बैठकले अर्काे सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विभागले परीक्षाको अर्काे मितिको सूचना निकालेर जानकारी गराउने निर्णय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend