logo
  • शनिबार, कार्तिक २२ २०८३

इस्मामा कोरोना सचेतना बढाइदै, एसइई परिक्षा केन्द्रमा हेल्प डेक्स


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी चैत ३ ।
कोरोनाको संक्रमणबाट बच्न इस्मा गाउँपालिकाले एसइई परिक्षाभर हेल्प डेक्स संचालन गर्ने भएको छ । इस्मा गाउँपालिकाका दुई परिक्षा केन्द्र हस्चिौरको हिमालय मावि र दोहलीको रामराज्य माविका हेल्प डेक्स राख्ने निर्णय गरिएको स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए ।

हेल्प डेक्सको लागि आवश्यक औषधी र सामग्रीको प्रबन्ध गाउँपालिकाले मिलाउने छ । त्यस्तै प्रत्येक वडाहरुमा कोरानाको बिषयमा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ । जसका लागि वडा स्तरमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी र आमा समुहहरुले संयुक्त रुपमा टोलटोलमा पुगेर कार्यक्रम गर्ने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

अहिले सामाजिक सुरक्षा वितरणको काम भइरहेको छ । सोहि कार्यक्रममा पनि सम्बन्धित वडाका स्वास्थ्य संस्था प्रमुखहरुले सामाजिक सुरक्षा भत्ता बुझन आउनेहरुलाई प्रशिक्षित गर्ने खत्रीले बताइन् । सोमबार इस्मा गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरिय कोरोना सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई कोरोनाको बिषयमा जनस्वास्थ्य कार्यालय गुल्मीका सुपरभाइजर लक्ष्मण पन्थी र गोपाल कार्कीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend