logo
  • शुक्रबार, असोज ९ २०८३

मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ ।
युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर २०२० को पहिलो अडिसन सम्पन्न भएको छ भने दोस्रो चरणको अडिसन चैत्र १५ गते हुने भएकोले इच्छुक सहभागीताको लागि सिमीत फारम वितरण गरिएको छ ।

जसमा सम्पूर्ण जातजातिको अविवाहित युवा युवतीले फारम भरेर आफ्नो सिट सुरक्षित गरिदिनुहुन विनम्र अनुरोध गर्दै यस प्रतियोगितामा मोडलिङ क्षेत्र रोजेर भविष्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित बातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए । उनले प्रतियोगितामा अन्य सौन्दर्य प्रतियोगिता भन्दा भिन्न तरिकाले प्रतिभाको मुल्याङ्कन गर्ने सुनाए ।

कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले अन्य भन्दा यी सौन्दर्य प्रतियोगिता केही भिन्न रहेकोले आफु जोडिएको बताएका छन् । अन्तर्राष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने भएको छ।

प्रतियोगितामा भाग लिनेहरु १६ देखि ३० बर्षसम्मका सम्पूर्ण समुदायका युवायुवतीले आवेदन भर्न सक्ने र न्युनतम पाँच फिट उचाही योग्यता तोकिएको छ । आवेदन फर्म फायर किचन कुपण्डोल र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ ।

अडिसनबाट छानिएका प्रतियोगिलाई ब्यक्तित्व बिकाश, रनवे मोडलिङ, फेसनलगायतका बिभिन्न प्रशिक्षण सहित आगामी बैशाख २६ गते होटल एल्लो प्याकोडा कान्तिपथ जमलमा आयोजना अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ । दुवै प्रतियोगिताका शिर्ष, फष्ट रनर अपर सेकेन्ड रनर अपले सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै बिभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्ने संयोजक सहदेव बैद्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend