साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र २ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटि बडिगाड २, खर्वाङको बैठक जिल्ला समन्वय समितिको हल खर्वाङमा सम्पन्न भएको छ। बैठकले संसार भर फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने, यहि चैत्र ११, १२, १३ र १४ गते टोल कमिटिहरुको बैठक सञ्चालन गर्ने, सदस्यता नविकरण गर्ने लगाएत निर्णय गरेको छ।

सो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य सुनिल शेरचनले सवै सदस्यहरुलाई सामाजिक सचेतना सहित एकतावद्ध हुन अनुरोध गर्नुभएको छ। जिल्ला कमिटि सचिवालय सदस्य तथा जिसस उपप्रमुख विष्णु भुसालले पार्टी कमिटिलाई विकास निर्माणमा समेत जोड्नुपर्ने बताउनु भएको छ।
पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तरगत भएको कार्यक्रममा वडा इन्चार्ज तथा वडा अध्यक्ष ढालेन्द्र शेरचनले समृद्ध वडा बनाउन सवै मिलेर काम गर्नुपर्ने बताउनु भएको थियो। बैठक वडा कमिटि अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव फारम थापाको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend