logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक तथा सर्जक रामचन्द्र चन्दको “मुटु गाठो” सार्वजनिक (भिडियोसहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

चक्र चन्द,काठमाडौं चैत २ ।

आफ्नो उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै आएका लोकप्रिय गायक तथा कुशल सर्जक रामचन्द्र चन्दको आवाजमा नयां गित “मुटु गाठो” सार्वजनिक भएको छ ।चर्चित सर्जक तथा गायक विष्णु खत्रीको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतमा गायक रामचन्द्र चन्दले स्वर भरेका छन् भने  इन्जिनियर श्याम श्वेत रसाइलीको ध्वनि सम्पादनमा स्टुडियो पृज्म डिजिटलमा रेकर्ड गरिएको गीतमा स्मृति तिमल्सिना गुरु आमाको निर्देशन तथा गान्धीव सुवेदी र एलीना रायमाझीको अभिनय रहेको छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा आप्नो जादुमय स्वर मार्फत सबैको प्रिय बन्न सफल कलाकार रामचन्द्र चन्द गुल्मीमा जन्मीएर हाल काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाउदैं आएका छन् । पछिल्लो समय एकल लोकगितहरु हराउदै गईरहेको परिवेशमा गायक रामचन्द्र चन्दले “मुटु गाठो” नामक गीत लिएर दर्सक तथा श्रोता माझ आएका छन् । “गित सार्वजनिक भए संगै हामीसँग कुरा गर्दै गायक चन्दले यो सिर्जनाले पनि आफ्ना विगतका अन्य सिर्जना जस्तै दर्शक श्रोताको माया पाउनेमा आशावादी रहेको बताए । गित शैली क्रियासन को आधिकारिक युटुव च्यानल बाट सार्वजनिक भएको छ ।

गीतलाई पूर्ण सफलताको शुभकामना सहित यो म्युजिक भिडियो यहाँहरुको लागी..

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend