logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा एक जना महिला मृत फेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी चैत २ ।

गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर–४ बिरवासमा अन्दाजी ३४ वर्षिय बिन्दु थापा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिडेकी महिलाको शब भिरमा भेटिएको प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए । शबलाई पोष्टमार्टम गर्नको लागि गुल्मी अस्पता ल्याइएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend