साझा नेटवर्क
रमेश गिरि,प्यूठान चैत ०१ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ५ न. प्रदेशकाे ७ औं पुर्ण बैठक स्वर्गद्वारी नगरपालिकाकाे भिंगृमा सम्पन्न भएकाे छ ।
५ न. प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे प्रदेश बैठकले व्यवसायी सुरक्षा तथा मर्यादित व्यापार संचालनका लागि महत्त्वपूर्ण निर्णय गरेकाे छ । आउदै गरेकाे शैक्षिक सत्रकाे लागि प्रदेश भित्र सहज रूपमा पाठयपुस्तक उपलब्ध गराउने काममा आउने समस्याहरूकाे समाधानमा महासंघले अभिभावक भुमिका निर्वाह गर्ने निर्णय गरेकाे छ । व्यवसायिक मर्यादा भित्र रही स्वस्थ प्रतिस्पर्धा गरी व्यापार व्यवसाय गर्न गराउन जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय गरिएकाे छ । प्रत्येक पसलमा नेपाल सरकारले भनेकाे नियम अनुसार पसलमा मूल्य सूची टाँस्न जिल्ला शाखाहरूलाई सुझाव दिने निर्णय पनि गरेकाे छ ।
राज्यले गेसपेपर , गाईड , सहयाेगी पाठयपुस्तक तथा प्राक्टीस कितावहरू बिक्रि वितरणमा राेक लगाउने र पाठयपुस्तकमा सरकारले लगाएकाे करले गर्दा पुस्तक व्यवसाय धरापमा परेकाे कुरा प्रदेश अध्यक्ष वसन्त लामिछानेले बताउनुभयाे । यस विषयमा व्यवसायीहरू सचेत हुनुपर्ने बेला अाएकाे र पुस्तक व्यवसाय संचालन गरेर जीवन गुजारा गर्न नसकिने कुरा प्रदेश अध्यक्ष लामिछानेकाे थियाे । पुस्तक व्यवसायी संचालन गर्ने कुरा सामान्य जस्ताे देखिएपनि उत्पादनकाे दृष्ट्रिले व्यवसाय संचालन गर्ने काममा ठूलाे चुनाैती देखा परेकाे कुरा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ५ न . प्रदेशका सचिव दाेर्ण प्रसाद भुसालले जानकारी गराउनु भएकाे थियाे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सुभास चन्द्र भण्डारीले प्युठान जिल्लामा भए गरेका गतिविधिहरूकाे रिपोर्टिङ गर्नु भएकाे थियाे । उक्त बैठकमा प्रत्येक जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूले अा-अाफ्नाे जिल्लाको गतिविधिहरू रिपोर्टिङ गर्नु भएकाे थियाे । प्युठान जिल्लाकाे अातिथ्यतामा भएकाे प्रदेश बैठककाे अध्यक्षता अध्यक्ष बसन्त लामिछाने र संचालन प्रदेश सचिव दाेर्ण प्रसाद भुसालले गर्नुभएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend