साझा नेटवर्क
कमल पौडेल,बागलुङ फागुन २७ ।
बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा निर्माण हुने स्वास्थ्य चौकीको लागि स्वःस्फूर्त सहयोग घोषणा गर्ने अभियान चलिरहेको छ ।
यसै विच मुसिकोट नगरपालिका वडा नं. २ मुसिकोट स्थायी घर भई हाल चेक रिपब्लीक रहनुहुने राम बहादुर रायमाझिका छोराहरु जितेन्द्र, विष्णु र खुम बहादुर रायमाझिले स्वर्गिय माता भिमा कुमारी रायमाझिको स्मृतिमा ३ लाख ३ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । केहि समय अघिदेखि स्वास्थ्य चौकी निर्माणको लागि प्रयत्न भएपनि हालै निशुल्क जग्गा उपलब्ध भए संगै स्वःस्फुर्त सहयोगको अभियान समेत सञ्चालन भएको छ ।
तत्कालै भवन निर्माणको कार्य सुरु गरिने वडा अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend