साझा नेटवर्क
कमल पौडेल,बाग्लुङ फागुन २७ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले अवको लडाई समृद्ध नेपाल र आर्थिक रुपान्तरणको भएको भन्दै प्राविधिक तथा शिपमुलक शिक्षाले सो अभियान पुरा गर्न सहयोग गर्ने बताउनु भएको छ ।
आइतवार खर्वाङमा ३ महिने कमर्सियल कुकिङ तथा बेमौसमि तरकारी खेती तालिमको उद्घाटन गर्दै भुसालले सो कुरा बताउनु भएको हो। तालिमले व्यक्तिलाई उद्यमी बनाउने विश्वास व्यक्त गर्दै उपप्रमुख भुसालले विकासको लागी दक्ष जनशक्ति तयार हुनुपर्ने बताउनु भएको छ। देश बनाउन सवै आआफ्नो ठाउँवाट उठ्ने बेला आएको भन्दै उपप्रमुख भुसालले अरुलाई गाली गर्नुभन्दा आफैवाट योगदान सुरु गर्न सवैलाई आह्वान गर्नुभयो । कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचनले तालिमले ४० जना युवालाई उद्यमी बनाउने र वेरोजगारी घटाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य हिमा खरेल, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, दिदि वहिनि सहकारी संस्थाका प्रवन्धक विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उद्घाटन कार्यक्रमम वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता, धौलागिरि प्राविधिक शिक्षालयका प्राचार्य खड्क शुब्बाको स्वागत मन्तव्य तथा वडा कार्यालयका कर्मचारी बुद्धमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, गण्डकी प्रदेश कार्यालयको आर्थिक सहयोग, धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङको आयोजना तथा वडिगाड गाउँपालिका वडा नं. २ को समन्वयमा तालिम सुरु भएको हो ।
२ वटा तालिममा २०÷२० जना युवाहरुको सहभागिता रहेको छ । तालिमको अन्त्यमा सिटिइभिटिले स्किल टेस्ट गर्ने र उत्र्तिण हुनेहरुले ए लेभलको प्रमाणपत्र समेत पाउने आयोजकले जनाएको छ। बागलुङको पश्चिममा पहिलो पटक यो तालिम सुरु भएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend