logo
  • शनिबार, कार्तिक २२ २०८३

बिपन्न खड्का परिवारको रोदन चन्दाकै भरमा उपचार र मृत्यु संकार


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

????????????????????????????????????

टोपलाल अर्याल,गुल्मी फागुन २६ ।

मदाने गाउँपालिका ७ का ४२ बर्षीय राम बहादुर खड्काको दुवै मृगौला फेल भएर १५ फागुनमा ज्यान गयो । बिपन्न खड्का परिवार । तीन महिना पुग्ने सम्पति छैन् । १० जनाको परिवार । राम बहादुरको पाखुरी नचले बिहान बेलुका चुलो बल्दैनथ्यो । उनी एक्कासी थला परे । स्वास्थ्य परिक्षणकै क्रममा दुवै मृगौला फेल भएको पत्तो लाग्यो । खड्का परिवार भावबिव्हल भए । गरिव परिवार ठुलो रोग । श्रीमति निर्मलाले श्रीमान बचाउन गाउँमा ऋण धन गरिन नै । त्यो संगै चन्दा उठाउन समेत पछि परिनन् । रकम अभावमा सोचे अनुसारको उपचार भएन् । खड्कालाई रोगले च्याप्दै गयो । अन्तत : फागुन दोस्रो हप्ता श्रीमानको मृत्यु भयो । परिवार धानेका मुली मान्छेकोनै मृगौला फेल भएर मृत्यु भएपछि खड्का परिवारमा जोहोको अर्को उपाय छैन् ।

११ बर्षिय मनिषको काँधमा किरिया

राम बहादुरको उपचार मात्रै चन्दा संकलन गरेर गरिएन् । मृत्यु संस्कार समेत चन्दा उठाएर गरिएको छ । अहिले ११ बर्षीय मनिष बाबुको किरया बसेका छन् ।

उनी आफै हर्नियाको समस्याले पीडित छन् । त्यो माथी बाबुको शोक थपियो । जन सेवा निमाविको कक्षा ३ मा अध्ययन गर्दै आएका मनिषले बार्षिक परिक्षाको समेत तयारी गर्न पाएनन् । मनिषको पीडा देखेर छिमेकीहरुले सहयोग गरिरहेका छन् । स्थानीय नारायण पौडेलले बुबा राम बहादुरको उपचारदेखि बालकलाई किरियाबाट उम्काउन आफुहरुलाई समस्या रहेको बताए । ‘राम बहादुरकै उपचारमा लाखौ खर्च गरे तर बचेनन,’पौडेलले भने,‘घाटदेखि किरियासम्म चन्दा उठाएर उम्काउँदै छौ, छोराछोरीको चिल्ली र बिल्ली छन् ।’ सवैले यो परिवारलाई सहयोग गर्न अपिल गरे ।

छोराको आशमा ९ छोरी

बिपन्न खड्का परिवामा पहिले पाँच छोरी जन्मिए । छोरा पाउने सामाजिक सोचले त्यो परिवारलाई समेत छोड्ेन् । नौ छोरीबीचका मनिष छोरा हुन् । अहिले पनि कोखमा चार बर्षकी छोरी छन् । मनिषका पाँच दिदि र चार बहिनी हुन् । चार बहिनी मध्ये एक बहिनीको मृत्यु भयो । बाँकी नौ दिदिबहिनी जीवित छन् । दुई दिदिले आठ पढ्दानै बिहे गरे । बिपन्नताभित्र नौ सन्तानको बिहान–साँझको गुजरा चलाउनै खड्का परिवारलाई मुस्किल पथ्र्यो । त्यसै माथी जटिल रोगले घरकै अभिभावक गुमाउँदा परिवारनै बिचल्लीमा परेको छोरी पवित्रा खड्काले बताइन् ।

दुखमा नेताको सहयोग

खड्का परिवारको दुखमा नेकपाका नेता बुद्धि जिसीले थोरै भए पनि मलम लगाएका छन् ।स्थानीय समेत रहेका जिसी राम बहादुर खड्काको मृत्युपछि परिवारमा परेको पीडा देखेर पैसा लिएर घरमै पुगेका थिए । उनले मृतककी छोरी पवित्रालाई नगद ३५ हजार सहयोग गर्दै सवैलाई सहयोग गर्न आग्रह समेत गरे । ‘खड्का परिवारमा ठुलो बज्रपात प¥यो, मृत्यु संस्कार उम्काउन समेत मुस्किल परेको छ,’उनले भने,‘सवैले सहयोग गरौ छिमेकी दुखमा चिन्ने हो ।’ उनले नौ मध्ये तीन सन्तान ११ बर्ष मुनीका भएकाले पढाई दिने तीन जना ब्यक्तिहरु आफ्नो सम्पर्कमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend