साझा नेटवर्क
अमृता गाहा,गुल्मी फागुन २५ ।
आज मार्च ८ अर्थात ११० औँ अन्तराष्ट्रिय महिला दिवश । महिलाको हक हितको लागी आवाज उठाउँन लागेको पनि आज ११० वर्ष पुगिसक्यो । दिवशले एक शताब्दि पार गरेर १० औँ वर्ष पुग्दा पनि महिला हिंसा घट्न सकेको छैन् ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार काण्ड देखी लिएर महोत्तरीको बिर्ताकी एक महिला गाउँकै अन्य महिलाबाट बोक्सीको आरोपमा निर्घात पिटिइन त्यतिमात्र नभई मानव मलमूत्र पनि खुवाइयो, हिजै शुक्रबार मात्र कपिलवस्तुमा एक पुरुषले महिलामाथि एसिड प्रहार गरे, त्यो पनि सामान्य विवादमा । महिला हिंसा दिनहु यसरीनै घटिरहेका छन् । यी लैंगिक हिंसाका केही प्रतिनिधिमूलक घटना हुन समाजमा विगत पल्टाइ हेर्ने हो भने यस्ता घटनाको कमी छैनन् र धेरै घटना समाजमा बाहिरिएका नि छैनन् । कोही आफ्नै श्रीमानबाट हिंसामा परेका छन् त कोही समाज ।
समाजमा त्यस्ता महिला नि छन् जो घरको चुलो चौकोमा मात्र सिमित छन् । जसले बाहिरी दुनिया सँग परिचित हुन पाएका छैनन्। महिलाको बारेमा जति संविधान लेखिए पनि त्यो मात्र लेखाईमा सिमित भयो । घरेलु हिंसा , बोक्सी आरोप, छाउप्रथा, यौन शोषण, दाइजो प्रथा , बेचबिखन लगायतका अपराधबाट महिला तथा बालबालिका पीडित हुने क्रम अझै सम्म घटेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend