logo
  • शनिबार, कार्तिक २२ २०८३

प्रथम उपराष्ट्रपति द्वारा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सुर्य चन्द, काठमाडौँ फागुन २५।
बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत “राष्ट्रिय आदर्श नारि सम्मान- २०७६” बाट सम्मानित भएकी छिन।
११० औं अन्तराष्ट्रिय महिला  दिवसको अवसर पारेर बिगत दुई  दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपाली  नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पबित्र  कार्य गर्दै आएको  ।

सेवा मुलक ब्यबसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पु¥र्याएको निरन्तर योगादन स्वरुप  बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै सुमित्रा बस्नेतलाई प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको बाहुली बाट “राष्ट्रिय आदर्श नारि सम्मान – २०७६” बाट सम्मानित गरेको हो । उक्त सम्मान कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सामाजिक, आर्थिक, तथा महिला ससक्तिकरण मार्फत राष्ट्र प्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुर्याएको विशिष्ट  योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विभिन्न दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend