logo
  • शनिबार, कार्तिक २२ २०८३

परिणाम मुखि सिप बिकास तालिम सञ्चालन गर्न आवश्यक छ : अध्यक्ष गिरी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सीता बि क,प्युठान फागुन २४ ।
प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरिले परिणाम मुखि सिप बिकास तालिम सञ्चालन गर्न आग्रह गरेका छन ।
जिल्लामा सबै निकाय बाट बर्षेनी सञ्चालनमा आएका बिभिन्न सिप बिकास तालिमहरु तालीममा मात्र सिमित भएकोले आगामि दिनमा परिणाम मुखि कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन ।आफु विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै वडा अध्यक्ष सम्मको यात्रामा धेरै सिप बिकास तालिम सञ्चालन भएकोले हाल सम्म कुनै तालीम परिणाम मुखि नभएको अध्यक्ष गिरीले बताए । ग्रामीण क्षेत्रका युवाहरु बिदेशिन मन गर्ने तर सीप सिकेर स्वरोजगार बन्न तर्फ ध्यान पुग्न नसकेकोमा दुख व्यक्त गर्दै स्वरोजगारका लागी विभिन्न काम गरी देशलाई आर्थीक रुपमा सम्पन्न बनाउन युवाको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सिपलाई आफ्नै गाउँमा सदुपयोग गर्न सुझाए ।

शनिबार कालिका बिकास केन्द्र नेपाल पानी परियोजनाको आर्थिक सहयोग तथा झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन प्युठान को आयोजनामा ४० दिने जुनियर मत्स्यपालन तालिमको उद्धघाटन गर्दै यस्तो बताएका हुन । जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जि सि ले प्राकृतिक क्षेत्रको सुन्दरता बचाई राख्न पानी परियोजनाले शुरुवाती गरेको कार्यक्रम महत्वपुर्ण भएकाले कार्यान्वय गर्नमा सबैको साथ अपिरिहार्य रहेको बताए ।

प्युठानमा माछापालन ब्यबसाय पछिल्लो समय बढ्दै गएकाले यस्तो तालिम आयोजना गरिनु ब्यबसायिका लागि ठुलो अबसर भएको बताए । झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन प्युठानका उपाध्यक्ष शारदा बिश्वकर्माले तालीमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न जरुरी रहेको बताइन् । युवालाई आत्मनिर्भर बनाई उनिहरुको आर्थिक स्तरोन्नती गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिने हुदाँ तालीममा सिकेको सिपलाई व्यवसायीक रुपमा अगाडी बढाउनुपर्ने युवालाई उच्च वैदेशिक पलायनलाई रोक्न र उनिहरुलाई यसप्रति आकर्षित र स्थापित गर्न हौसला र प्रोत्साहनको आवश्यकता छ ”उनले भनिन ।

सहभागीका लागि तालिम नयाँ नभएको र सीप आर्जनका लागि लगनशील भएर लाग्न समाजसेबी टेकुलाल गिरीले आग्रह गरे । जिल्ला भित्र एउटै ब्यक्तिले धेरै पटक तालिम मात्र हासिल गर्ने काम भएको तालीम बाट सिकेका कुरा कार्यनयन नभएको समाजसेबी गिरिको भनाई छ । जिल्लामा बिभिन्न सिप बिकास तालिम सञ्चालन गरि युवालाई रोजगार तथा स्वरोजगार प्रदान गर्दै आएको आयोजक सस्थाका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले जानकारि दिए ।

जिल्ला भित्र रहेका बेरोजगार युवालाई व्यावसायिक बन्नका लागी नेतृत्व गर्ने संगठन को अभाव रहेको ले युवाहरुलाइ आत्म निर्भर गर्न देश बिकास गर्नको लागि विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आएको बिश्वकर्माको भनाई छ । बाल बिध्या मा बि कृषि कलेजका प्रध्यानाध्यापक केशु गिरीले युवालाई उच्च वैदेशिक पलायनलाई रोक्न र युवालाई यसप्रति आकर्षित र स्थापित गर्न हौसला र प्रोत्साहनको आवश्यकता छ ।

सितलगैरा जलिय जलाधार संरक्षण समितिका अध्यक्ष नरेन्द्र गिरीको अध्यक्षबाट सुरु भएको कार्यक्रमा कालिका बिकास केन्द्र नेपाल का सदस्य प्रदीप कर्मचार्य, सुपरभाइजर दुर्गा सुवेदी, कार्यक्रम संयोजक खुम बहादुर थापा लगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend