साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान फागुन २३ ।
युवा शसक्तिकरणका लागि सञ्चार अभियान सम्वन्धि २ दिने नेतृत्व बिकास तथा आधारभुत पत्रकारिता तालिम आज माणडवी गाउँपालिका देविस्थानमा सम्पन्न भएको छ ।
माण्डवी गाउँपालिका स्तरिय तालिममा सञ्चारको बिकास , महत्त्व र आवश्यक्ता बारे जानकारी दिनुका साथै समाचार लेखन, सम्पादन तथा सत्य,तथ्य, सन्तुलित,विश्वसनिय समाचार संकलन र बिकास निर्माणका प्रक्रियामा युवाहरुको भुमिका बारे पनि जानकारी गराएको आयोजकले जनाएको छ । परिवर्तन सञ्चार अभियान नेपाल प्युठानद्वारा आयोजित तालिम माण्डवी गाउपालिका को आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
तालिममा सहभागी प्रशिक्षार्थी पत्रकार हरुलाई प्रमाणपत्र प्रदान गर्दै माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले माण्डवी गाउँपालिकालाई सुचना, सञ्चारको क्षेत्रमा पहुँच वृद्धि गर्दै प्रत्येक नागरिक लाई सुचनामैत्री बनाउने अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने र तालिममा सिकेको सीप प्रयोग गर्न निरन्तर कलम चलाउन पनि आग्रह गर्नुभयो । परिवर्तन सञ्चार अभियान नेपाल प्युठानद्वारा सन्चालित २ दिने तालिममा माण्डवी गाउँपालिका का पाँचवटै वडाबाट १५ जना प्रशिक्षार्थी हरुको सहभागिता रहेको थियो ।
२ दिने तालिममा नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष महावीर राना,जिल्ला सचिव बिजयसिं भारती,बरिस्ठ पत्रकारहरु टिकाराम पोख्रेल,राजेन्द्र रावत क्षेत्री,सुजल श्रेष्ठ,शसिधर भण्डारी ले सहजिकरण गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend