logo
  • शनिबार, कार्तिक २२ २०८३

एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिस्चितताका लागी २ दिने गोष्ठी सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान फागुन २३ ।

गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र (सुआहारा)को सहजीकरणमा स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिस्चितताका लागी २ दिने पालिका स्तरीय गोष्ठी गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षतामा भएको गोष्ठीको सहजीकरण सुआहाराका कार्यक्रम संयोजक भरत भट्ट लगायतले गर्नु भएको थियो। भने कार्यक्रमको उद्देश्य ,पोषणको महत्त्व र औचित्य ,क्रियाकलाप पुनरावलोकन ,बिधमान अवस्था ,दिगोपना,र जनप्रतिनिधिहरुको भुमिका बारेमा जानकारी गराइएको थियो ।

सो कार्यक्रममा गौमुखी गाउँपालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरु,मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका पदाधिकारी र सुआहारा कर्मचारी लगायतको उपस्थितिमा गाउँपालिका लाई पुर्ण पोषण युक्त बनाइ समृद्ध नेपाल सुखी नेपाली भन्ने अभियान सफल पार्न प्रतिबद्धता गरिएको छ ।

सो कार्यक्रमलाई समापन गर्दै अध्यक्ष गिरिले संघ संस्था सङ्ग दीर्घकालीन सहकार्य गर्ने ,र सस्थाहरु बाट ज्ञान ,सिप र बिकासको सिको गाउँपालिकाले गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend