logo
  • शनिबार, साउन ३० २०८३

दास्रो वडाकप फुटबल प्रतियोगिताको उपमेयर अर्याल द्वारा उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सिर्जना आचार्य,कपिलवस्तु फागुन २१।

“राष्ट्र को लागि खेल स्वास्थ्य का लागि खेल“ भन्ने मुल नाराका साथ वाणगंगा नगरपालिकाको वडा नम्बर ११ मा दास्रो वडा स्थतिय फुटबल प्रतियोगतिा सुरु भएको छ ।
आज देखि सुरु भएको प्रतियोगिताको एक भव्य कार्यक्रमका विच नगरपालिकाका उप मेयर चक्रपाणी अर्यालले उद्धघाटन गर्नुभएको छ । आज भएको उद्धघाटन कार्यक्रममा उपमेयर अर्याल सँगै वडा अध्यक्ष सोमनाथ अर्यालको विशिष्ठ आतिथ्यताका बिच सुरु गरिएको हो । बुद्दशान्ति युवा कलबका अध्यक्ष दयाराम शर्माको अध्यक्षतामा सुरु गरिएको वडा कप फुटबल कार्यक्रममको उद्धाटनमा वडा सदस्यहरु, विभिन्न टोल विकास सस्थाका अध्यक्ष, विभिन्न विद्यालयका अध्यक्षहरु, उद्योग बाणिज्य सघंका उपाध्यक्ष नारायण खनाल, कपिलवस्तु ब्रोड ब्याण्डका अध्यक्ष मनोहर कुमार योगी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ११ हजार, दोस्रो हुने टिमले नगद रु ८ हजार र तेस्रो हुनेले नगद रु ६ हजार सहित विभिन्न विधामा मेडल सहित नगद रकमको समेत व्यवस्था गरीएको वडा अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि पुरस्कार राशीको सहयोग वडा नम्बर ११ को वडा कार्यालयले गरेको छ । आज देखि सुरु भएको सो प्रतियोगिता फाल्गुण २५ गते सम्म संचालन हुने जनाइएको छ । प्रतियोगितामा वडा नम्बर ११ भित्रका ९ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend