logo
  • शनिबार, कार्तिक २२ २०८३

६५ दिने शिपमुलक तालिम बाल विद्या मा वि तथा कृषि कलेज मजुवामा सुरू


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

रमेश गिरि,प्यूठान फागुन २१ ।

६५ दिने शिपमुलक तालिम बाल विद्या मा वि तथा कृषि कलेज मजुवामा सुरू भएकाे छ ।छाेटाे अवधिकाे सिपमुलक तालिमकाे सि. टि. भि.टि.काे अार्थिक सहयाेग तथा बाल विद्या मा. वि . तथा कृषि कलेज मरन्ठानाकाे संचालनमा ६५ दिनसम्म चल्ने छ । बेमौसमी तरकारी खेती तथा च्याउ खेती गर्नका लागि सक्षम कृर्षक उत्पादन गर्ने उद्धेश्यले उक्त तालिमकाे अायाेजना गरिएकाे हाे । उक्त तालिमकाे उदघाटन प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले गर्नु भएकाे थियाे । तालिममा सहभागीहरूलाई शुभ कामना मन्तव्य दिदै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले परम्परागत कृषि प्रणालीले समाजलाई अात्म निर्भर बनाउन नसक्ने भएकाेले सिपमुलक तालिम प्राप्त दक्ष कृषकहरूकाे सहायताबाट मात्र व्यवसायीक खेती गर्न सक्ने भनाइ राख्नु भएकाे थियाे ।

अर्गानिक तरकारी तथा व्यवसायीक तरकारी खेती गर्ने किसानहरूकाे लागि नगरपालिकाले अार्थिक सहयोग गरेकाे भन्दै नगरप्रमुख कक्षपतीले प्युठान नगरपालिका भित्र रहेका विभिन्न वडाहरूलाई तरकारी उत्पादन विशेष वडाकाे रूपमा छनाेट गरि अाबश्यक यन्त्र, बीउ विजनका साथै प्राविधिक सहायता समेत गरेकाे धारणा राख्नु भयाे । कृषकले उत्पादन गरेकाे कृषिजन्य बस्तुहरूकाे व्यवस्थापनकाे लागि बाग्दुला पुलचाेकमा सब्जीमण्डीकाे निमार्ण कार्य अन्तिम चरणमा पुगेकाे र अबका केही महिनामै संचालनमा अाउने भएकाेले कृषककाे उत्पादनले उचित मुल्यपाउने अासवासन दिनुभयाे ।

कार्यक्रममा बाेल्ने वक्ताले तालिम लिएर परिणाम दिने उत्पादन गर्ने सुझाव दिनु भएकाे थियाे । स्वराेजगार वनाउने गरि राज्यले कृषि क्षेत्रमा ठुलाे संख्यामा अनुदान दिएकाे र अनुदान बमोजिमकाे उपलब्धि नभएकाेले यस विषयमा सबैकाे ध्यान पुग्नु पर्ने धारणा राख्नु भएकाे थियाे । तालिममा सहभागी ६० जना कृषकहरूकाे सहभागिता छ । तालिमकाे सफलताकाे शुभ कामना प्युठान नगरपालिका वडा न. ९ र १० का वडा अध्यक्ष नेहसिह केसी , पदम गिरी का साथै बलभद्र केसी, टेकुलाल गिरी, राम बहादुर केसी लगायतमा वक्ताले दिनु भएकाे थियाे ।

तालिम सहभागीहरूलाई स्वागत गर्दै विद्यालयका प्रअ केशु गिरीले तालिमकाे दिर्घकालिन महत्त्व , उद्धेश्यकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । रमेश गिरीकाे संचालनमा भएकाे कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्युठान नगरपालिका वडा न. ९ का वडा अध्यक्ष नेहरसिंहले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend