साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा समाजले आयोजना गरेको आठौ बनभोज तथा सास्कृतिक कार्यक्रममा कतार आएका अतिथि कलाकार वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, लोक तथा दोहोरी गायक दिपक परियार र लोक तथा दोहोरी गायिका सरिता कार्कीलाई खादा ओढाएर तथा सम्मान पत्रद्वारा सम्मान गरेको हो । साथै सोहि अवसरमा गोरखा सेवा समाज र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान कतार शाखाले समेत सम्मान गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष झविन्द्र आचार्यको सभापतित्व एवम् समाजका संरक्षक शिव खड्का प्रमुख अतिथि थिए भने वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, लोक तथा दोहोरी गायक दिपक परियार, लोक तथा दोहोरी गायिका सरिता कार्की, सामाजिक अभियन्ता क्रान्ति सिंह, लोक दोहोरी गित प्रतिष्ठानका मानार्थ सदस्य एवं समाजसेवी ईश्वर काफ्ले, प्रदेश न ५ समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियार, पाल्पाली सेवा समाजका अध्यक्ष महल केसी, प्युठान सेवा समाजका अध्यक्ष धर्म सिंह, प्रमुख सल्लाहकार वलदेव राना, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, दाङ्ग देउखुरी सेवा समाजका अध्यक्ष हेम बस्नेत, बागल्लुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेल, समाजसेवा अभियानका अध्यक्ष विष्णु खड्का, गोरखा सेवा समाजका प्रमुख संरक्षक बुधवल गुरुङ, प्रमुख सल्लाहकार राकेश श्रेष्ठ, कावा अध्यक्ष रामजी खत्री,विकास श्रेष्ठ, राष्ट्रिय लोक दोहिरी गीत प्रतिष्ठान कतार शाखाका कावा अध्यक्ष शिवराम ढकाल, महिला सचिव सन्ध्या अर्याल लगायत विशेष अतिथी रहेका थिए ।
समाजका कार्यासमित पदाधिकारीहरु लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा रामजी खत्री, ठाकुर कुमार परियार, शिवराम ढकाल, तिलु शर्मा पौडेल, क्रान्ति सिंह, ईश्वर काफ्ले, शिव खड्का लगायतले बोलेका थिए । सोहि कार्यक्रममा बोल्ने वक्ताहरुले कलाकारलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै कलाकारहरुले प्रदेशी भुमि कतारमा आएर गुल्मी सेवा समाज कतार तथा विभिन्न सस्थाहरु र व्यक्तिहरुले दिएको मायाले खुशी भएको बताए । आफुहरु जहाँ रहेपनि समाजलाई भुल्न नसक्ने, समाजबाट सम्मानित हुन् पाउदा निकै भाग्यमानी र थप जिम्मेवारी थपिएको बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरे ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष आचार्यले जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ समाजले आयोजना गरेको आठौ बनभोज सांस्कृतिक कार्यक्रमलाई सभ्य एवम् भव्य रुपमा सम्पन्न गर्नका लागि उहाहरुले खेलेको भूमिका प्रति कृतज्ञ रहेको बताउदै विशेष धन्यवाद तथा साँगितिक यात्रा सफलताको शुभकामना दिए ।
गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको छ । कार्यक्रम समाजका सचिव कमल आर्यलको संचालनमा सम्पन्न भएको थियो ।
जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ आयोजित आठौ बनभोज तथा साँस्कृतिक कार्यक्रम २०२० फेब्रुअरी २८ तारिखका दिन अल दोसरी जू पार्कमा सम्पन्न भएको थियो ।








© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend