logo
  • शनिबार, कार्तिक २२ २०८३

एकल महिला सम्मान र उद्घोषण तालिम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी फागुन २० ।

रेसुङा नगरपालिका वडा न ९ ले ३१ जना एकल महिलालाई सम्मान गरेको छ । नगरप्रमुख डिल्लीराज भुसालले एकल महिला सम्मान तथा उद्घोषण तालीमको उद्घाटन गरे ।वडाभित्रका ७० बर्ष पूरा भइ ८० बर्ष ननाघेका महिलाहरूलाई नगर प्रमुख भुसाल, उपप्रमुख सीता भण्डारी, वडा अध्यक्ष नारायण सुनारले सम्मान गरेका थिए । एकल महिलाहरुको आत्मसम्मानमा सहयोग पुराउन वडाको तर्फबाट सम्मान गरिएको वडा अध्यक्ष सुनारले बताए । नगरप्रमुख भुसालले कानुनले एकल वा अन्य महिलालाई विभेद नगरेकाले त्यसलाई व्याबहारमा लागू गर्न सबैको दृढ इच्छा शक्ति हुनुपर्नेमा जोड दिए । उनले काधमा राखिदिएको पछ्यौराको मुल्यभन्दा उनले पाएको आत्मसम्मान महत्त्वपूर्ण रहेको बताए ।

उपप्रमुख सीता भण्डारीले महिलाहरुले राजनैतिक रुपमा प्राप्त अधिकार सस्थागत गर्न आर्थिक तथा सामाजिक रुपमा पनि अब्बल बन्नु पर्नेमा जोड दिइन् । साथै उनले बिगतको तुलनामा एकल महिलालाई हेर्ने सोचमा केही परिवर्तन अझै आसातित सफलता नमिलेको बताइन् । वडा अध्यक्ष सुनारले सिमित स्रोत र साधनका कारण अहिले सम्मान मात्रै गरिएकाले भोलिका दिनमा आर्थिक समृद्धिका नयाँ कार्यक्रम संचालक गर्ने बताए । उनले समुदायमा महिलाको संख्या धेरै भएकाले अबको हरेक नेतृत्व लिन महिला सक्षम बन्नु पर्नेमा जोड दिए ।मानव अधिकारका लागि महिला एकल महिला समुहको जिल्ला अध्यक्ष मिना पन्थीले अझै पनि समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको गुनासो गरिन । उनले अझै पनि पहिरन, सामाजिक रितिरिवाज र आर्थिक तथा सामाजिक बिषयमा अन्य महिला सरह एकल महिलालाई हेर्न नसकिएको बताइन् ।कार्यक्रम एकल महिला सम्मान तथा उद्घोषण कार्यक्रम उपभोक्ता समिती अध्यक्ष लक्ष्मी बस्नेतको अध्यक्षता, उपाध्यक्ष मन्जु पन्थीको स्वागत तथा उपभोक्ता समिति सचीव नानी मैया बिश्वकर्मा र रिता पाण्डेको संचालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend