logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा बेवारिसे शब फेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी फागुन १९ ।

गुल्मीमा एक पुरुषको बेवारिसे शब फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुषको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

सावधारा स्थित फन बहादुर खड्काको खरबारीमा नाङ्गो अबस्थामा मृत व्यक्तिको बर्ण कलसाउदो,उचाई ५फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टक गरि गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शबको सदगत गरेको छ । कहिबाट पनि पहिचाहन हुन नसकेपछि सदगत गरिएको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिर बिरामी अबस्थामा फेला परेका नाम थर वतन नखुलेको मधेसी मुलको व्यक्ति गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

बर्ण कलसाउदो,उचाई ५ फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend