logo
  • शनिबार, कार्तिक २२ २०८३

ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ गरिदै,भागवत भाष्कर पण्डित कमल नयन गौतमले प्रवचन दिने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बाग्लुङ फागुन १८ ।

बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौर न्वारमा भानु क्याम्पस सञ्चलानार्थ गएको मंसिरमा हुने भनेको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ यहि चैत्र २२ गते देखि २९ गते सम्म हुने भएको छ । उपनिर्वाचनको कारण आचारसंहिता लाग्ने भएपछि स्थगित गरिएको महायज्ञ चैत्र २२ गते देखि सञ्चालन लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद शर्मा तिवारीले जानकारी दिनुभएको छ ।

जसको लागि यस अघि नै कृष्ण प्रसाद शर्मा तिवारीको संयोजकतवमा १२७ सदस्यिय मुल आयोजक समितिको गठन गरिएको छ । सो महायज्ञमा भागवत भाष्कर पण्डित कमल नयन गौतमले प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। केहि वर्षदेखि ग्वालीचौरमा क्याम्पस सञ्चालन गर्न पर्यत्न गरिएपनि सार्थकता पाउन नसकेपछि धान्याञ्चल गर्न लागिएको हो । हाल क्याम्पसको लागी स्थानियले जग्गा निशुल्क उपलब्ध गराएका छन् भने सोहि स्थानमा गाउँपालिकाको सहयोगमा घेरावार गर्ने समेत काम भएको छ ।

बडिगाड गाउँपालिकामा हाल सम्म कुनै पनि क्याम्पस नरहेको र यदि क्याम्पस सञ्चालन हुन सके बडिगाड सहित छिमेकि पालिकाहरु गुल्मीको मुसिकोट, बागलुङकै ढोरपाटन र गल्कोट नगरपालिकाका स्थानिय विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुन सक्ने महायज्ञ सञ्चालन सचिवलय समितिका सदस्य इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend