logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रियसभा गृहमा नेकपा अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं  फागुन १८ ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गरिएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । भरत मोहन अधिकारी फउन्डेशन नेपालको कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ । उनी को थिए भन्नेबारे हालसम्म खुलेको छैन । पहिले पनि प्रचण्डलाई उनकै एक कार्यकर्ताले थप्पड हानेका थिए ।

कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित थिए । उनीसँग मञ्ममा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि थिए । लोहनीले बोलिसकेपछि प्रचण्डले बोले उनी बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेको एक व्यक्तिले उनलाई ताकेर जुत्रा हानेका हुन् । कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै उपस्थित थिए ।

स्रोत:अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend