logo
  • शुक्रबार, असोज ९ २०८३

चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि गीता अधिकारी द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सूर्य चन्द,काठमाडौँ फागुन १८ ।

रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार सङ्घकि उपाध्यक्ष गीता अधिकारी द्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन ।२०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिदै जादा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिवेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् । डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भइसकेकी गीता अध्यक्ष पदको बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छिन् ।

२०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आएकी छन् । अहिलेसम्म आउँदा यस क्षेत्रमा उनको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ । नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलापमा रहेकी छन् । उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् । चलचित्र पत्रकार सङ्घमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता अध्यक्ष पदको बलियो दाबेदार रहेकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा उनी आएमा पहिलो महिला अध्यक्ष हुने छिन् । अध्यक्षलागयत अन्य पदमा धेरै आंकाक्षी रहेपनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend