logo
  • शनिबार, साउन ९ २०८३

मलेसियाको ८औं प्रधानमन्त्रीको रुपमा मोहिद्दीन यासिन


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बाबुराम थापा,मलेसिया फागुन १८ ।

मलेसियाको प्रधानमन्त्री डा.महाथिर मुहम्मदले यहाँका राजालाई प्रधानमन्त्री पद त्यागेको राजीनामा बुझाएको एक हप्ता नबित्दै मलेसियाका लागी नयाँ प्रधानमन्त्री नियुक्त भएका छ्न ।

महाथिर प्रधानमन्त्री रहेकै बेलामा सरकारको गृहमन्त्री रहेका प्रिबुमि पार्टी बेरसातु मलेसियाका अध्यक्ष तान श्री मोहिद्दीन यासिनलाई आज शनिबार नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको हो । “(मलेसियाका राजा अब्दुल्लाह रियायतुद्दीन अल-मुस्तफा बिल्ला शाह) ले भने कि प्रधानमन्त्रीको नियुक्ति जनता र राष्ट्रको हितका लागी ढिलाइ हुनु राम्रो होईन त्यसैले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गरेका हौं भने । ” सबैका लागि यो उत्तम निर्णय हो भन्ने विश्वास पनि मनमा लिइएको र आशा गर्दछौँ कि यसले यस समय देखापरेको राजनीतिक संकटको अन्त्य गर्दछ,” राजाको भनाईलाई उधृत गर्दै सञ्चारकर्मीसंगको कुराकानीमा अहमदले बताए ।

राजाले संघीय संविधानको धारा (० (२) (क) र (४३ ) , (२) (ए) को अनुरूप मोहिद्दीनलाई प्रधानमन्त्रीको रूपमा चयन गरेका हुन र नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम मार्च १ तारिख भोलि बिहान १०:३० बजे इस्ताना नेगारामा हुनेछ् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend