साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १७।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले खेल स्वास्थ्यका लागि मात्रै नभएर देशका लागी भएको भन्दै देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ।
आज बागलुङ जिल्ला आइ.टि.एफ तेक्वान्दो संघले खर्वाङमा आयोजना गरेको वेल्ट टेस्ट तथा सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख भुसालले सो कुरा बताउनु भएको हो। भुसालले खेल क्षेत्र र खेलाडिलाई वर्तमान सरकारले सहयोग र सम्मान गरिरहेको तर प्रयाप्त नभएको भन्दै लगानि वढाउनु पर्ने बताउनु भएको छ। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक घम बहादुर थापाले मार्सल आर्टका खेलहरुले आत्मरक्षा वढाउने, आइपर्दा देशकै लागि योगदान दिन सक्ने भन्दै खेलाडिहरुलाई आत्मविश्वासका साथ खेल्न आह्वान गर्नुभएको थियो।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष हरि बहादुर घर्ति, गल्कोट नगरपालिका ११ का अध्यक्ष डम्बर श्रीस, बडिगाड गाउँपालिका २ का अध्यक्ष ढालेन्द्र शेरचन, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। आज (सनिवार) भएको बेल्ट टेस्ट कार्यक्रममा ४२ जनाले ह्वाइट वेल्ट, ७८ जनाले एल्लो वेल्ट, ३९ जनाले ग्रिन स्ट्रिप, ३९ जनाले ग्रिन वेल्ट, ४४ जनाले ब्लु स्ट्रिप, ३० जनाले ब्लु वेल्ट, २३ जनाले रेड स्ट्रिप र २२ जनाले रेड वेल्ट प्राप्त गरेका छन्।
सो जिल्ला स्तरीय छनौट कार्यक्रममा ३ सय ५० भन्दा वढि खेलाडिहरुको सहभागिता रहेको थियो। सोहि कार्यक्रममा पत्रकारीताको माध्यमबाट खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई सम्मान गरिएको थियो। कार्यक्रम बागलुङ जिल्ला तेक्वान्दो संघका संयोजक मन बहादुर घर्ति मगरको अध्यक्षता तथा सचिव प्रतिक घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend