साझा नेटवर्क
अजय जेम्स, गुल्मी फागुन १६ ।
गुल्मीको मदाने गाउँपालिका वडा नं. २ उलेनी नेपानेखोलामा पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोर्कणराज बिष्टले निर्माण हुन लागेको ढाल्नेकारुख झोलङ्गेपुलको शुक्रबार शिलान्यास गर्नुभएको छ ।
क्षेत्रगत कार्यक्रम अन्तरगत जिन्सी र नगद गरी ३४ लाख १० हजार ९ सय बाउन्न , मदाने गाउँपालिका बाट नगद २ लाख २२ हजार ४ सय ५३ र समुदायको श्रमदान बाट ७४ हजार १ सय ५१ गरी जम्मा ३७ लाख ७ हजार ५ सय ५६ को लागतमा उक्त ७६ मिटर लम्बाइको झोलुङ्गे पुल बन्न लागेको सिर्जनशिल सामुदायिक बिकास केद्र गुल्मीका इन्जिनियर डिल्लीराज खनालले बताउनु भयो ।
यहि फाल्गुण १० गते देखि सुरु भएको पुलको काम १ वर्ष भित्र सिध्याउने गरी काम भईरहेको इन्जिनियर खनालले बताउनुभयो । पुलको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद बिष्टले यो पुल निमार्णले ओख्रनी बाट बाझकटेरी आउने बिद्यार्थीहरु हरेक दिन जोखिमपुर्ण बाटो भएर आउने क्रम यो पुल निर्माण पछि कम हुने र यो पुलले यस ठाउँको जनजिवनलाई सहजिकरण गर्ने बताउनुभयो ।
यो कार्यमा भुमिका खेल्ने गाउँपालिका प्रमुख सहित सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो ।र उत्त पुल समय भन्दा पहिला नै सम्पन्न गर्नको लागी भुमिका खेल्न अनुरोध गनुभयो । शिलान्यास कार्यक्रममा अतिथीहरु मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसी,उपाध्यक्ष सरिता खड्का,नेकपा सचिवालय सदस्य गणेश श्रीपालि,नेकपा मदाने अध्यक्ष प्रेम केसी,अनेरस्ववियू गुल्मीका संयोजक राजेन्द्र बिक्रम कुवँर सोहि वडाका वडाध्यक्ष,वडा सचिव, वडा सदस्य लगायतको उपस्थीती रहेको थियो ।
ढाल्नेकारुख झोलङ्गेपुल उपभोक्ता समिति अध्यक्ष हुम बहादुर घर्तिमगरको अध्यक्षतामा सुरु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend