साझा नेटवर्क
गुल्मी, फागुन १५ ।
गुल्मिको सदरमुकाम तम्घासमा बिबिध कार्यक्रमको आयोजना गरि ३८ औ मगर स्थापना दिबस मनाएको छ ।सो अबसरमा मगर भेषभुषा,सास्कृतिक नाचगान सहित तम्घास बजार परिक्रममा गरिएको थियो । कार्यक्रम नेपाल मगर महिला संघ ,मगर बिद्यार्थी संघ र नेपाल मगर संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर महिला संघका जिल्ला अध्यक्ष सिता थापाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथी जिल्ला अध्यक्ष रनमाया पुन र बिशेष अतिथी रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाल रहेका थिए । गुल्मी जिल्लाका सबै गाउँपालिकाको सहभागिता रहेको कार्यक्रममा मगर खानाको बिक्री ,घाटु नाच,पन्चे बाजा र कौडा नाच समेत समाबेश गरिएको जानकारी पुर्ब केन्द्रिय सदस्य भबिन्द्र घर्ती मगरले दिएका छन ।

त्यस्तै गुल्मि दरबार गांउपालिकामा आयोजित मगर दिबसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बालसिहं काउछाले यो अबसरमा आफ्नो सस्कृती,भाषाको संरक्षणमा सबै मगर जातिहरु एकताबद्द हुदै सामाजिक सद्भाव र मेलमिलाप कायम राख्न जिम्मेवार बन्नुपर्ने समेत बताउनुभयो ।

उहांले भन्नुभयो – समाबेशी लोकतन्त्र र समाजबादी कार्यक्रम सबै पार्टीको साझा कार्यक्रम भएकोले नयां सामाजिक एकता कायम गर्न मगर जाती जिम्मेवार बन्नुपर्छ ।सो कार्यक्रममा जिल्ला नेतृत्व हिरासिंह सराङकोटी,शेर बहादुर सर्तुङी,अशोक थापा, शुशिला पुन लगायतको उपस्थिति रहेको थियो भने दिनेश कुंवरको संचालन रहेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend