साझा नेटवर्क
हुमाकान्त पाेखरेल,गुल्मी फागुन १५ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विध्यार्थीहरूकाे संगठन अनेरास्ववियू गुल्मीले जिल्लाका विभिन्न विध्यालयका विध्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको २५ औ स्मृति दिवसको अवसरमा जिल्लाका तीन विध्यालयका ५४ विध्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे । धुर्कोट गाँउपालिका वडा नम्बर ४ को पाञ्चायन माध्यमिक विद्यालयका १५ जना गरिब तथा जेहेनदार विध्यार्थीहरूलाई कापि, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएकाे जिल्ला सचिवालय सदस्य राजन केसिले जानकारी दिए ।
कार्यक्रममा नेकपा धुर्काेट गाँउपालिका अध्यक्ष गाेपाल कुँवर, प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थी, अनेरास्ववियू केन्द्रीय सदस्य घनश्याम खरेल, जिल्ला सचिवालय सदस्य रमेश पाण्डे लगायतकाे उपस्थित रहेकाे थियाे । अनेरास्ववियूले इस्मा गाउँपालीका वडा नम्बर २ स्थित पालुखा माध्यमिक विद्यालयमा २९ जना विध्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेकाे छ । कक्षा ६ देखि ९ सम्मका गरिब तथा जेहेनदार विध्यार्थीहरूलाई १०/१० वटा कापि र कलम प्रदान गरेकाे संगठनका जिल्ला सचिवालय सदस्य नविन अर्यालले बताए ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य टीका रेश्मी, अनेरास्ववियूका केन्द्रीय सदस्य काशीँ पाण्डे, जिल्ला संयाेजक राजेन्द्र विक्रम कुँवर, सचिवालय सदस्य श्रीराम महत लगायतकाे उपस्थिति रहेकाे थियाे । रुरुक्षेत्र गाँउपालीका ४ र ५ को जनबोध माध्यमिक विद्यालयमा पनि अनेरास्ववियूले शैक्षिक सामाग्री बितरण गरेकाे छ । कक्षा १ देखि १० सम्मका १० जना विध्यार्थीलाई एक/एक दर्जन कापि र एक/एक दर्जन कलम प्रदान गरेकाे संगठनका जिल्ला सचिवालय सदस्य किसन पाण्डेले जानकारी दिए ।
कार्यक्रममा संगठनका जिल्ला सह-संयाेजक भरत चन्द, नेकपाका जिल्ला सचिवालय सदस्य नारायण पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend