logo
  • शनिबार, कार्तिक २२ २०८३

पृथ्वी माविलाई नमुना बनाउँछौ : पुर्व मन्त्री बिष्ट


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी फागुन १५।
पृथ्वी मावि मदाने गाउँपालिका ६ पुर्कोटदहको नवनिर्मित चार कोठे भवनको उद्घाटन गरिएको छ ।
पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले भवनको उद्घाटन गरे । राष्ट्रिय पुर्निमाण प्राधिकरणको ६९ लाख २६ हजार छ सय ३० रुपैयाँको लागतमा भवन निर्माण गरिएको प्रध्यानाध्यापक धनिश्वर अर्यालले बताए। बिस २०१४ सालमा स्थापना भएको बिद्यालयका संरचना जिर्ण बन्दै गएपछि प्राधिकरणको सहयोगमा नयाँ भवन निर्माणको काम भएको थियो । अहिले बिद्यालयमा छ सय ३९ जना बिद्यार्थीले अध्ययन गर्दै आएका थिए।
बिद्यालय भवन उद्घाटन साथै ६३ औ बार्षिक उत्सवलाई संवोधन गर्दै पुर्व मन्त्री बिष्टले पृथ्वी माविलाई नमुना बनाउन आफुले प्रयत्न गर्ने बताए। उनले अत्यन्तै पुरानो शैक्षिक धरोहरका रुपमा स्थापित पृथ्वी माविलाई सकेसम्म नमुना बिद्यालय बनाउने र नभए संरचना निर्माणको लागि प्रयाप्त बजेटको व्यावास्था मिलाउने प्रतिवद्धता व्यक्त गरे। उनले अहिले पनि कैयन नागरिक गरिवीको रेखामुनी रहेकाले बिस्तारै उनीहरुको जीवनमा परिवर्तन गर्न सरकार लागि रहेको बताए।

निर्वाचन क्षेत्रको सन्दर्भमा सडकहरुको स्तरवृद्धिसंगै पक्की बनाउने, स्वास्थ्यचौकी र बिद्यालयका भवन निर्माण, खानेपानी, बिद्युत र खरका छाना बिस्थापनको कामलाई प्राथमिकता दिएकाले जनजीवनलाई अर्थोपार्जनसंग जोडिने आयमुलक काम पनि तीन वटै सरकार मिलेर अगाडी बढाउने बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख दान बहादुर केसी, उपप्रमुख सरिता खड्का लगायत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी एवं सरोकारवालाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend