साझा नेटवर्क
सीता बि क,प्युठान फागुन १५ ।
वर्षा भएसँगै प्युठान उद्योग वाणिज्य सङ्घद्वारा प्युठानमा सञ्चालित स्वर्गद्वारी प्युठान महोत्सव २ दिनका लागि स्थगन गरि ४ दिन थप गरिएको छ ।
अविरल वर्षाका कारण महोत्सव स्थल हिलाम्मे भएकाले महोत्सवमा आउने दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै महोत्सव स्थगित गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक केदारमान कक्षपतीले हस्ताक्षर गरेको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ । महोत्सव परिसरमा राखिएका स्टल, मञ्च लगाएतका भौतिक संरचनामा असर पुग्नुका साथै महोत्सव अवलोकनकर्ताहरुलाई आवतजावतमा समेत समस्या देखिएकाले २ दिनकालागि महोत्सव स्थगित गरिएको बताईएको छ ।
चौथो संस्करणका रुपमा प्युठान नगरपालिका स्थित गणतान्त्रिक खेलमैदान बिजुवारमा यही फाल्गुन ८ देखि सञ्चालन भइरहेको महोत्सव यहाँ आएको हाबाहुरी र वर्षाका कारण सञ्चालन गर्न समस्या भएको हुँदा महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको सङ्घका अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिनुभयो । साँस्कृतीक कार्यक्रमका साथै दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै महोत्सवका सम्पूर्ण गतिविधि १३ र १४ गते २ दिनका लागि बन्द रहेका छन । फागुन १८ गते सम्म सञ्चालन गर्ने भनिएको महोत्सव ४ दिन समय लम्वाएर २२ गतेसम्म संचालन गर्ने निर्णय बिज्ञप्ति मा उल्लेख छ ।
आजदेखि महोत्सव पूनः सञ्चालन आएको छ । अबको समय सन्चालन गरिने महोत्सवमा कमला घिमिरे ,बिन्दु परियार , बिन्दु परियार कृष्ण रेउले,अमृता शृपाल,अर्पण राज गिरि ,सन्तोसी र सङ्गम प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष एबम सास्कृतिक संयोजक यज्ञ बहादुर के सि (प्रभात) ले जानकारी दिनुभयो । सङ्घले यस क्षेत्रको कृषि, उद्योग, संस्कृति, कलाका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत का वर्षदेखि महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला,कृषिजन्य सामग्री , अल्लोका सामान, इलेक्ट्रोनिकल, होटललगायत गरी १०५ भन्दा बढी व्यापारिक कक्ष राखिएका छन् ।
करोडभन्दा बढीको लगानीमा आयोजना गरिएको भनिएको महोत्सवको प्रवेश टिकट बिक्रीबाट सङ्कलित रकम बाट सुबिधायुक्त शभाहल निर्माण जनाइएको छ । महोत्सव आयोजना समयदेखि नै यस क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरण र सांस्कृतिक संरक्षण तथा प्रबर्द्धनका लागि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ । उता फागुन १८ गते सम्म भनिएको महोत्सव पुन:२२ गते सम्म थप गरिएको बिरोधमा नेपाली काङ्ग्रेस सम्बद्ध भातृ संगठन नेबि संघ प्युठानले बिज्ञप्ति निकालेको छ ।
परिक्षाको मुखमा विद्यालयको पठनपाठन मा असर पार्ने गरि महोत्सव पुन थप गर्नु नै विद्यार्थीको हितविपरीत भएको भन्दै महोत्सव आयोजक समक्ष महोत्सवको अबधी नबढाई पुर्ब निर्धारित समयमै सम्पन्न गर्न आग्रह गरेको छ यदि मेला अबधि बढाएको खण्डमा त्यस बाट पर्न जाने असर प्रती अभिभावक एबम बिध्यालय प्रसासन समक्ष समयमै सचेत रहन नेबि सघका अध्यक्ष एन पि मगर द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
साथै पुर्ब निर्धारित समयमै महोत्सव सम्पन्न नरिएमा ससक्त आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend