logo
  • शनिबार, कार्तिक २२ २०८३

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान जिल्ला कार्यसमिती गुल्मीको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स,गुल्मी फागुन १३ ।

गुल्मी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान जिल्ला कार्यसमिती गुल्मीको बैठक तम्घासमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान जिल्ला कार्यसमिती गुल्मीका अध्यक्ष बसन्त खत्रीको अध्यक्षता र निबर्तमान अध्यक्ष जनक पन्तको प्रमुख आथित्यतामा बैठक सोमबार सम्पन्न भएको हो ।

बैठकमा संस्थाको प्रगति बिवरण समिक्षा संगै सुरुवाति बैठकले विभिन्न सामाजिक संघ संस्था संग समन्वय गरी स्वास्थ्य वर्धक,ज्ञान वर्धक एवं जनहितकालागी विभिन्न कार्यहरु गर्ने निर्णय गरेको प्रतिष्ठान गुल्मीका प्रवक्ता रामकुमार विष्टले जानाकारि दिनुभयो । बैठकमा कोषाध्यक्ष इश्वरी कडेंलले प्रतिस्ठानको अहिले सम्मको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिस्ठानको आगामी बैठक आवश्यकता अनुसार बोलाउन सचिवालयलाई जिम्मेवारी समेत दिएको प्रवक्ता बिष्टले जानाकारी दिनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला कार्यसमितिको बैठकको संचालन सचिव भुवन भुषालल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend