साझा नेटवर्क
साझा नेटवर्क, कतार।
प्युठान सेवा समाजको एकता मिलिजुली र सहकार्यको आबश्यक्ता भन्ने मुल नाराका साथ 2009 मा स्थापित समाजले भब्यका साथ आफ्नो छैठौं अधिबेशन सम्पन्न गरेको छ।
प्युठान सेवा समाज कतारको छौठौ साधारण सभाले धर्म सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रमको सभापतित्व निबर्तमान अध्यक्ष बल देब रानाको अध्यक्षतामा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष मुक्तदा मुसलमानको अतिथित्वमा रहेको थियो।
कार्यक्रममा विशेष अतिथिहरु नेपाली जन सम्पर्क समिती कतारका सहमहामन्त्री केदारनाथ भुसाल , प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष चानक पोख्रेल, प्रदेश नम्बर पाँच समन्वय परिषद कतार अध्यक्ष बुद्ध पाण्डे नेपाली जनाप्रगतिसिल मंच कतारका निबर्तमान संयोजक रक्मध्वज राई, कर्णाली प्रदेश अध्यक्ष बिजय कुमार बस्याल, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेक राज थापा, गुल्मी सेवा समाजका अध्यक्ष झबिन्द्र आचार्य, बुद्धभुमी कपिलवस्तु सेवा समाजका अध्यक्ष केशव खनाल, दाङ्ग देउखुरी सेवा समाजका अध्यक्ष हेम राज बस्नेत ,रोल्पा जलजला सेवा समाज का बशन्ता थापा, व्यावसायिक तथा समाजसेवी श्री शिव खडका, पत्रकार तिल बिक्रम थेबे, सामाजिक अभियान्ता पत्रकार लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्यको क्रममा समाजसेबी शिव खड्काले समाजले गरेको सम्मान प्रति आफु सधै ऋणी रहेको बताउदै सामाजिक कामहरुमा सदैव हृदयबाट तनमनका साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चानक पोख्रेलले शुभकामना मन्तव्य क्रममा आफु २२ वर्ष देखि कतारमा कार्यरत हुदैगर्दा कतारमा आफुले भोगेको अनुभव सुनाउनुको साथै पछिल्लो समय नेपाली समुदायहरुबाट बिभिन्न स्थानमा बढदो बिकृती बिसङ्गतीलाई रोक्न हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुका साथै हामी जहाँ रहन्छौ त्यहाको एन कानुनको पालन गर्नु पर्ने हाम्रो दाहित्व रहेको बताए।
जनसम्पर्क समितिका महामन्त्री केदारनाथ भुसालले सस्थाले गर्दै आएको सामाजिक कार्यहरुको प्रसंशा गर्नुभएको थियो । महिला समाज कतारकी का.वा अध्यक्ष श्रीमती अमिना खानले शुभकामना मन्तव्य संगै कतारमा कार्यरत महिला दिदिबहिनीहरुलाई महिला समाज कतार लाई अझै शसक्त र बलियो बनाउन महिला समाजमा कतारमा आवद्धहुनको लागि आव्हान गरेकी थिइन । प्रदेश नम्बर ५ समन्वय परिषद कतारका अध्यक्ष श्री बुद्ध पाण्डे ज्युले पनि प्रदेश भित्र रहेका विभिन्न जिल्ला संस्थाहरुको नेतृत्व गर्दै शुभकामना मन्तव्य संगै प्रदेश नम्बर ५ समन्वय परिषद कतार एउटा अभिभावक रहेको र सस्थाले चालेका हरेक सामाजिक अभियानमा हातेमालो गर्दै अगाडि बढने प्रतिबद्धता जनाएका थिए । बरिष्ठ मध्यपुर्व कतारका पत्रकार तिल बिक्रम थेबेले पनि सस्थाले स्थापना कालदेखि सस्थागत तथा सामाजिक गतिविधि एकदमै सहरानिय र उत्कृष्ट भएको जिकिर गर्दै प्युठानी दाजुभाइ तथा दिदिबहिनी हरु एकदमै अनुशासित र धैर्यवन रहेको बताएका थिए।
कर्णाली प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बिजय कुमार बस्यालले पनि कर्णाली प्रदेश भित्र हरेको जिल्ला सस्थाहरुको नेतृत्व गर्दै सस्थालाई शुभकामना मन्तव्य संगै सस्थाले गरेका हरेक सामाजिक अभियानमा हातेमालो गर्ने प्रतिबद्धताका साथै प्युठान जिल्लामा रहेका पर्यटकीय तथा धार्मिक प्युठान आफैमा सुन्दरता रहेको एक पटक अबलोकन गर्न जानू पर्ने बताए।
संस्थाको आर्थिक प्रगति प्रतिबेदन तथा प्युठानको भौगोलिकका बारेमा समक्षीप्त परिचय सस्थाका सदस्य अमृत सुनारले प्रस्तुत गरेका थिए। समाजले बिभिन्न समयमा चालेको हरेक सामाजिक अभियानमा सहकार्य गरि सहयोग गर्ने संघ सस्था समाजसेवि तथा व्यक्तिहरुलाई स-सम्मान सहित प्रशंसा तथा कदर पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्त्तादा मुसलमानले रोजागारीको शिलसिलामा कतारमा काम गर्दगर्दै कम्पनीमा समस्यामा परेका खण्डमा पीडित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आफुबाट साथ सहयोग गर्न हरदम तम्तयार रहेको बताए ।
शुभकामना मन्तव्य संगै सस्थाका निवर्तमान अध्यक्ष बलदेव रानाले पनि बिगत स्थापना कालदेखि सस्थाले गर्दै आएको सामाजिक काम तथा सस्थाले विभिन्न शीर्षकमा अभियान चालेर पीडितहरुको घाउमा मलम पट्टि लगाएको स्मरण गराउदै आफू सस्थाबाट निवर्तमान भएता पनि आफुले त्यो महसुस नगरेको र संस्थाको लागि हरदम लागिरहने र सस्थालाई अझै गतिशील बनाउन लागि पर्ने बताउदै छैठौं साधारणसभा तथा अधिबेशनको खुल्लासत्र लाई समापन गर्दै नयाँ नेतृत्व चयनको लागी बन्दसत्र भएको घोषणा गरेका थिए।
कार्यक्रमको सहजीकरण सस्थाका महासचिव धर्म सिंह बिश्वोकर्मा गरेका थिए । बन्दसत्र तथा निर्वाचन समितिका संयोजक तथा निवर्तमान बरिष्ठ सल्लाहकार कमल आचार्यको संयोजकत्वमा ३ सदस्य नयाँ नेतृत्वमा अध्यक्ष सहित १९ जनाको कार्यसमिति चयन गरेको छ।
जसमा नयाँ कार्यसमिति नामावली निम्न अनुसार छ ।
अध्यक्ष धर्म सिंह बिश्वोकर्मा, बरिष्ठ उपाध्यक्ष केशर बहादुर के.सी,द्वितीय उपाध्यक्ष बसन्त बि.क, तृतीय उपाध्यक्ष दिपेन्द्र थापा, महासचिव अमृत बहादुर .सुनार सचिब समुन्द्र खडका, कोषाध्यक्ष भिम बहादुर . सुनार ,सह कोषाध्यक्ष रमेश के.सी त्यसैगरी सदस्यहरु रबिलाल सुनार, सिताराम सुनार, बिस्नु सुनार, सरस्वती कुँवर, एक राज पुरी, भोज पुन, भिम बहादुर जिएम, अर्जुन खडका, ओम प्रकाश के.सी, बिकास सुनार, निम परियार बैकल्पिक सदस्य ५ जना राख्ने समाजले जनाएको छ। जसमा दान बहादुर सुनार क्रमस थप गर्ने बताइएको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend