logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी इस्मा गाउँपालिका ३ दर्लामचौरकि २२ वर्षीय युवती भारतको राजधानी नयाँदिल्ली बाट वेपत्ता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुबास बस्नेत,नयाँ दिल्ली फागुन १२ ।

गुल्मी जिल्ला,इस्मा गाउँपालिका ३ दर्लामचौर  टाकुरा स्थायी घर भई हाल भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आएका राम बहादुर घर्ति क्षेत्री र स्वर्गीय श्रीमती चन्द्रकला घर्ति क्षेत्रीकि २२ वर्षीय छोरि पूनम क्षेत्री (कल्पना) फेब्रुअरी २० का दिन देखि साकेतको सेदुलाजाव देखि वेपत्ता भएकी छन ।२२ वर्षीय पूनम शारीरिक रूपमा पूर्ण स्वस्थ देखिएता पनि मानसिक विकास पूर्णरुपमा नभएकोले, बोल्दा अक्मक्किने, कम सुन्ने तथा काम गर्दा हात काप्ने जस्ता शारीरिक समस्या छन । साथिकोमा खेल्न जान्छु भनेर २०, फरवरी २०२० बिहिबारको करिब दिन ३ बजे घर देखि बाहिर निस्कीएकि पुनम अझै सम्म घर फर्किएकि छैनन् ।

उनि अबेर साझ सम्म पनि घर नफर्कदा परिवारले नजकैको पुलिस थानामा एफआइआर दर्ज गराएको पुनमका दाइ लक्ष्मण जिसीले जानकारी दिए । घर नजकैको सिसिटिवी फुटेज हेर्दा उनि एक जना अधबैसे महिलाको साथमा हिडेरहेको र उसैसंग गएको देखिन्छ । महिला संग हिडेको हिडेको तस्बिर र फुटेज पनि यतिखेर दिल्ली पुलिसको हातमाछ । यो संगै घटना थप संकासपद बिषय बनेको छ आखिर त्यो महिला को हो ?

यतिखेर राजधानि दिल्ली लगायत सिंगो भारतमा नै यसकिसिमको गिरोह देखा परेकोछ । जसले स(साना बाल(बच्चाहरु विशेसगरि युवतिहरुलाइ अनेक किसिमका प्रलोभनहरु देखाइ आफ्नो जालमा फसाउने र बाल,बच्चाहरुलाइ भिख माग्न लागाउने, प्रोढउन्मुख युवायुवतीहरुलाइ यौनधन्दामा पेसेवार बनाउने जस्ता कार्यमा सक्रियछ । त्यसैले २२ वर्षीय युवति त्यो पनि सुस्तमनस्थितिकि एक्कसी लापत्ता हुनुले घरपरिवारका मनमा शंका उपशंकाहरु उत्पन्नहुनु स्वभाविक नै हो ।

दिल्ली एनसीआर लगायत, मुम्बई, पन्जाब, उत्तर प्रदेशमा कार्यरत नेपाली संघसंस्थाका प्रतिनिधीहरु, अगुवा व्यक्तित्वहरु, महिला बेचबिखान तथा लैंगिक हिंशा बिरुद्द कार्यरत संस्थाहरुलाइ यो खोजि कार्यलाइ अभियानस्वरूप सघाउ पुराइदिनुहुन परिवारले अनुरोध गरेको छ । तस्बिर संग मिल्दो,जुल्दो युवति कहिँ कतै फेला परेमा नजिकको प्रहरी कार्यालय अथवा पिडितका दाई लक्ष्मण जिसी  र डिसी नेपाल भारत प्रतिनिधि सुबास बस्नेत लाइ सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । सूचनादिने व्यक्तिलाइ उचित पुरस्कारको समेत व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend