logo
  • शुक्रबार, असोज ९ २०८३

चाडपर्व सामाजिक सन्देश सहितका हुने तर उपयोग गलत पनि हुन सक्छ – डा. भुसाल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ फागुन ११ ।

उद्यमशिल विकासका अभियानता डा. दामोदर भुसालले चाड पर्वहरु सामाजिक सन्देश सहितका हुने तर मानिसले त्यसलाई सहिरुपमा ग्रहण गर्न नसक्दा सामाजिक विकृति देखिएको बताउनु भएको छ ।अनुरोध प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका वडा नं. १ अरेवा गुल्मीको २०औं वार्षिकोत्सव तथा शिवरात्री मेला २०७६ को समापन गर्दै डा. भुसालले शिवरात्रीको मर्म बुझ्ने हो भने महिला माथिको अत्याचार अन्त्य हुने बताउनु भएको छ । अहिले पनि नेपाली समाजमा जातिय, लैंगिक तथा वर्गिय विभेद रहिरहेको भन्दै त्यसको अन्त्यको लागि सामाजिक सचेतना जरुरीरहेको बताउनु भयो ।

नेपालको विकास मोडेल सहि ढंगले अगाडि वढ्न नसकेको भन्दै अरेवा लगाएतका क्षेत्रमा एकिकृत वस्तिको विस्तार गर्नुपर्ने, माथि रहेको मानिसलाई वेसिमा झार्नुपर्ने त्यसको लागी प्रयत्न गर्ने बताउनु भएको छ । कार्यक्रममा मुसिकोट नगरपालिका वडा १ का अध्यक्ष पूर्ण बहादुर हितान, नेपाल पत्रकार महासंघ गुल्मीका केन्द्रिय पार्सद कमल पौडेल लगाएतले वोल्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला भलिवल प्रतियोगीतामा आयोजक अनुरोध प्रगतिशिल युवा क्लव प्रथम, युनिटि युथ क्लव बडिगाड गाउँपालिका २, खर्वाङ, दनिया द्धितिय भएका छन् ।

त्यस्तै खुल्ला रेकर्ड नृत्य प्रतियोगितामा फ्रेन्डस् क्लव खर्वाङ प्रथम, बडिगाड १, दगातुन्डाडाको समुह द्धितिय भएका छन्। ४ दिन सम्म चलेको कार्यक्रम क्लवका अध्यक्ष मृगेन्द्र हितानको अध्यक्षता, शक्तिराज घिमिरेको स्वागत मन्तव्य एवं लालु गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend