logo
  • शनिबार, कार्तिक २२ २०८३

महोत्सवमार्फत घरेलु प्रविधि संरक्षण गर्ने अभियानमा नागरिक सरोकार केन्द्र


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सीता बि. क,प्युठान फागुन १० ।

महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजा सहितको रंग रमाइलो कुराको मात्र याद आउने गर्दछ ।महोत्सवको यो आम सोचाइभन्दा यहाँको आकर्षण फरक पनि छ । महोत्सवममा परम्परागत सांस्कृतिक घर निर्माण गरेर नेपालको सास्कृतिक विविधिता र बहु–संस्कृतिको झलक दिन खोजिएको छ। जुन प्रयासलाई धेरैले राम्रो पनि मानेका छन् । यहाँका महोत्सवमा पुग्ने आम मानिसलाई फरक विषयवस्तुको जानकारी दिने प्रयास गरिएको छ । फाल्गुन ८ देखि प्युठान नगरपालिकास्थित गणतान्त्रिक खेलमैदानमा जारी प्युठान स्वर्गद्वारी महोत्सवमा विभिन्न लोपोन्मुख सांस्कृतिक घर निर्माण गरि परम्परागत सामाग्री राखिएका छन् ।

सांस्कृतिक चारपाखे घरसँगै पुरातन समयमा प्रयोग गर्ने सामग्रीसमेत महोत्सवस्थलमा साँस्कृतिक घर राखिएको छ । प्युठान उद्योग बाणिज्य संघको आर्थिक सहयोग र नागरिक सरोकार केन्द्र का युवाहरुको सक्रियतामा यस्तो घरको निर्माण गरिएको हो । लोप हुन लागेको परम्परागत संस्कृति,परम्परागत सामाग्री र परम्परागत जीवनशैलीलाई भावी पुस्तासम्म बचाइराख्ने उद्देश्यले यस्तो घर निर्माण गरिएको नागरिक सरोकार केन्द्र प्युठानका संयोजक सुमन सुबेदिले परम्परागत घर निर्माण गरिएको बताए ।यस्तो सांस्कृतिक घरमा लाल्टिन ,हर्पे, जातो,सन्दुस,ढिकी,सन्जोकी,ठडेरो,फुव,डालो, लाल्टिन , भोटे ताल्चा जस्ता प्रदर्शनीका लागि राखिएको छ । त्यहाँ परम्परागत औजारसमेत राखिएका छन्,’ उनले भने । आर्थिक रुपले कतैबाट सहयोग पाएमा व्यवस्थीत गर्ने सोचमा छौ’, सुबेदिले भने, ‘बेलैमा संरक्षण गर्न सकिएन भने परम्परागत संस्कृति कस्तो थियो भनेर भावी पुस्तालाई देखाउन सकिने अवस्था समेत छैन् ।’ महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरेको छ। निकै कलात्मक तरिकाले निर्माण गरिएको घरको छानो खरले छाएको छ ।

बाँसले बेरिएको घरको भित्री भित्तामा परम्परागत संस्कृति झल्किने कलात्मक सामाग्री देख्न सकिन्छ भने बाहिरी भित्तामा जिल्लाका रमणीय पर्यटकिय स्थलहरुको आकृति समेत देख्न पाइन्छ। महोत्सव हेर्न आउने जोकोहीले पनि सेल्फी खिचेर नगएको कोहि हुँदैन । सांस्कृतिक घर निर्माणका लागि सोही स्थानीय कालीगढ प्रयोग गरिएको थियो। जिल्लाको केन्द्रबिन्दु प्युठान नगरपालिका मरन्ठाना बाट महोत्सवमा पुगेकी सीता बि क ले जीवनमा कहिल्यै नदेखेको सामाग्री महोत्सवमा देख्न पाउँदा दंग परेको बताइन् । ‘हाम्रो मौलिकता झल्किने सामग्रीले हाम्रो इतिहास, कला र संस्कृति बुझ्न त मद्दत गरेकै हुन्छ ।त्यसका साथै आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धनसँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पुर्याएको हुन्छ,’ उनले भनिन् । महोत्सवका झाकि र्याली कला सस्कृति संयोजक सन्देश आचार्यले यसरी राखिएको घर र परम्परागत सामग्रीबाट एकअर्काको संस्कृति बुझ्नमात्र नभएर नेपालको पुरानो समाजलाई पनि जीवन्तता दिने बताए । समाज परिस्कृत हुँदै गएपछि उनीहरूले आफ्ना पुराना कला र संस्कृतिलाई बिर्सदै गएका छन्। त्यस्ता मौलिकता झल्किने विषयवस्तु हाम्रो अमूल्य गहना हुन्। तिनीहरुलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो,’ उनले भने । यस्ता कला, संस्कृति र रहनसहन झल्किने सांस्कृतिक घर तथा सामग्री लाई पर्यटन प्रबर्धन गर्दै इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षणसमेत बढाएको उनको भनाई छ ।त्यस्तै परम्परागत सामाग्रीको प्रयोग बाट लामो समय लाग्ने र झन्झटिलो हुने गरेको उनिहरु बताउँछन् । प्युठान नगरपालिका वडा नम्बर २ स्थित दाखाक्वाडीमा परम्परागत सामाग्री संग्रालय स्थापना गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । उनले भने ‘ स्थानीय प्रविधि लोप हुँदै जाँदा कतिपयको रोजगारी समेत गुमेकाले आगामी दिनमा यस्ता सामाग्री निर्माण गर्ने सीप भएका ब्यक्तिलाई बिना धितो कर्जा उपलब्ध गराउने कार्यबिधी लिएर अगाडी बढ्ने छ।

“यसरी दिनप्रतिदिन आधुनिक प्रबिधिको बिकास भए सँगै यस्ता परम्परागत सामाग्री हराउने अवस्थामा पुगेका छन् । जिल्लामा परम्परागत सामाग्री लोप हुने अवस्थामा पुगेपछि सर्वसाधारण चिन्तित बनेका छन् । आधुनिक प्रबिधिको प्रयोग सेवासुबिधामा सहज हुने भएकाले यस्ता परम्परागत घरेलु प्रविधि लोप हुने अवस्थामा पुगेको र आफुहरुको सीप पनि संकटमा परेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend