logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक मेक्सम खातीको नयाँ गीत ‘मेरी छोरी’ मा दिलिप रायमाझी र एभिलीनको उत्कृष्ट अभिनय


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सिर्जना आचार्य,कपिलवस्तु ।

लोक तथा दोहोरी गायक मेक्सम खातीको नयाँ गीत ‘मेरी छोरी’ भर्खरै मात्रै बजारमा सार्वजनिक भएको छ ।नरेश खातीको शब्द, संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ । गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतारेका छन् ।

गीतमा मेक्सम खाती र माण्डबी त्रीपाठी र दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend