साझा नेटवर्क
रमेश गिरि,प्यूठान फागुन ९ ।
नेकपा क्रान्तिकारी सम्बद्ध देशभक्त गणतान्त्रिक माेर्चाका जिल्ला अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि दर्जनाै नेता तथा कार्यकर्ता (नेकपा) मा प्रबेश गरेका छन ।
आज एक विशेष कार्यक्रमकाे अायाेजना गरि नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज एवम प्रदेश सभासद कृष्णध्वज खड्काले सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएकाे थियाे । पार्टी प्रवेश गर्नेहरूमा नेकपा क्रान्तिकारी जिल्ला सदस्य तथा देशभक्त गणतान्त्रिक माेर्चाका जिल्ला अध्यक्ष हेम बहादुर केसी, त्यस्तै गरि पार्टीका जिल्ला सदस्य राजेन्द्र केसी का साथै वडा कमिटी सदस्य संगिन पाेख्रेल,विजय केसी ,सीता केसी ,मिना गिरी,कृष्ण राेका क्षेत्री, लगायतका वडा स्तरका नेता तथा अगुवा कार्यकर्ताहरू क्रान्तिकारी पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन ।
त्यस्तै गरि राष्ट्रिय जनमाेर्चाका वडा कमिटी सदस्य शिव बहादुर के. एम.ले राजमाे परित्याग गरि नेकपा प्रवेश गरेका हुन । नव प्रवेशी नेता तथा कार्यकर्ता स्वागत गर्दै जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले कम्युनिस्टहरू एक भएर अगाडि बढनु पर्छ भन्ने मान्यता राखेकै कारण अाज एमाले र माअाेवादी विच पार्टि एकता भएकै कारण नेकपा बनेकाे धारणा राख्नु भयाे । कम्युनिस्टकाे नाममा रहेका विभिन्न पार्टीहरू एक भएर अगाडि बढ्न पर्ने बेला अाएकाेले बाँकि रहेका सम्पुर्ण कम्युनिस्ट पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरूलाई नेकपामा प्रवेश गर्न अाग्रह गर्नु भयाे ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे केन्द्रीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले जनताकाे भावना अनुसार काम गर्न खाेजेकाे कुरा बताउदै जिल्ला इन्चार्ज खड्काले स्थानीय नेता तथा कार्यकर्ताहरूकाे सचनात्मक सहयाेगकाे अाबश्यकता रहेकाे धारणा राख्नु भयाे ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटी सदस्य कृष्ण घिमिरे,जिल्ला सदस्य तथा नगरप्रमुख अर्जुनकुमार कक्षापती,जिल्ला सचिवायल सदस्य तथा वडा अध्यक्ष नेहसिंह केसी, जिल्ला कमिटि सदस्य डि बि क्षेत्री,टिकाराम पाेख्रेल ,नगरकमिटि अध्यक्ष टंक खडका, नगरमिटि सदस्य दिपेन्द्र केसी,लगायतका वडा कमिटीका सबै नेता तथा कार्यकर्ताहरूकाे सहभागिता थियाे ।
वडा अध्यक्ष नेहरसिंह केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन दिपेन्द्र केसी गर्नु भएकाे थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend