साझा नेटवर्क
साझा नेटवर्क,कतार ।
सामाजिक सस्था समाज सेवा अभियान रुपन्देही कतारले आगलागि बाट पिडित भएका कुन्तादेबी जैसीलाई पुनः आर्थिक सहयोग गरेको छ ।
संस्थाका संरक्षक श्री अर्जुन भट्टराई बाट कतारी १६०० रियल नेपाली ४९३२६ (उन्पचास हजार तिनसय छब्बीस ) नेपाली रुपैया हस्तान्तर गरिएको जनाइएको छ । रुपन्देही जिल्ला सैनामैना नगरपालिका बर्मडाडा निवासी जैसीको गत वर्ष आगलागी हुदा पुरै घर जलेर ठुलो नोक्सान पुगेको थियो सो समयमा समाज सेवा अभियान रुपन्देही कतारको तर्फबाट पिडितलाई केहि राहत होस भन्ने उदेस्यले सहयोग स्वरुप ९१,८०४ (एकानब्बे हजार आठसय चार) रुपैया आर्थिक सहयोग पनि गरेको बताइएको छ ।
जैसी आर्थिक संकटमा गुज्रिरहेको बेला सस्थाले गरेको सहयोगले केहि राहत मिल्ने बिस्वास गरिएको छ । यस अभियानलाई सार्थक तुल्याउन बिशेस भूमिका खेल्नुहुने सबैमा पनि सस्थाले हार्दिक आभार सहित धन्यबाद टक्राएको अध्यक्ष विष्णु बहादुर खड्काले जानाकारी दिए । “सामाजिक तथा बिकास अभियानमा सहकार्य,आत्मनिर्भरता र सम्बृद जीवन सबैका लागि अपरिहार्य” भन्ने मूल नाराका साथ सन्: २००८ मा स्थापना गरिएको सस्थाले कतारमा रहेर सक्रियतापुर्वक सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend