logo
  • शनिबार, कार्तिक २२ २०८३

आँधीखाेलाद्दारा सहयाेग रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पाेखरेल,गुल्मी फागुन ९ ।

आँधीखाेला लघुवित्त वित्तिय संस्था लिमिटेड,तम्घास शाखाले सहयाेग रकम हस्तान्तरण गरेकाे छ । संस्थाकाे केन्द्र नम्बर ३१ कि सदस्य भेइजा हाेएसिनकि श्रीमानकाे ५६ बर्षकाे उमेरमा निधन भएपछि सँस्थाले क्रियाखर्चस्वरूप २५ हजार हस्तान्तरण गरेकाे हाे । रेसुङ्गा नगरपालिका ८ निवासी हाेएसिनले मासिक पाँच सयका दरले समुहमा बचत गर्दै अाएकी थिइन । त्यसकाे केही समयमै उनले ऋण लिइन र जसअन्तरगत १३४ रूपैँया तिरी श्रीमानकाे बीमा गरेकी थिइन् ।

संस्थाले ऋण बीमाबाहेक अन्य सुविधा पनि उपलब्ध गराउदै अाएकाे छ । सुत्केरी सुविधाअन्तरगत समुहका सदस्यले दुई सन्तानसम्मलाई प्रति सन्तान एक हजारका दरले उपलब्ध गराउने, पाँच हजार उपचार खर्च दिने लगायतका सेवा प्रदान गर्दै अाएकाे सँस्थाका प्रमुख ज्ञानेश्वर मरासिनीले जानकारी दिए । ०७३ वैशाखबाट गुल्मीमा स्थापना भएकाे शाखाकाे बचत एक कराेड पुगेकाे छ । भने तीन कराेड ५८ लाख ऋण लगानी गरेकाे छ । सँस्थाले कृषि, पशुपालन र व्यापारकाे क्षेत्रमा काम गर्दै अाएकाे छ । जिल्लामा अहिलेसम्म ५७ समुहमा ८१५ सदस्य छन् । एउटा समुहमा कम्तिमा १० देखि ५० जनासम्म सदस्य रहन पाइने संस्थाले जनाएकाे छ ।

हाल रेसुङ्गा नगरपालिका र इस्मा गाँउपालिकामा अाँधिखाेलाले कार्यक्रम विस्तार गरेकाे छ । सहयाेग हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उप-प्रमुख सीता भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, संस्थाका कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend