साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी फागुन ९ ।
कालीगण्डकी “ए”जलविद्युत आयोजना मिर्मी स्याङ्जाको ड्याम चार दिनलाई खोलिने भयको छ ।
नेपाल विद्युत प्राधिकरणले जलविद्युत केन्द्रको मर्मत कार्य गर्नका लागि विशेष सुचना जारी गर्दै फाल्गुण आठ गते राती ९ बजे देखि चार दिन सम्म प्लान्ट सुट डाउन हुने भयकाले ड्याम खोलिने सुचनामा बताईयको छ । सुचनामा चार दिन सम्म ड्याम खुल्ला रहने उल्लेख गरियको छ । नेपाल विद्युत प्राधिकरणले ड्याम देखि पावर हाउस सम्मका क्षेत्रमा बस्ने बासिन्दालाई सचेत रहन बिशेष अनुरोध गरेको छ । ड्याम देखि पावर हाउस सम्म कालीगण्डकीको बहाब क्षेत्रमा क्षती हुन गयमा प्राधिकरण जवाफ देहि नहुने सुचनामा उल्लेख गरेको छ ।
कालीगण्डकी”ए” जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा पर्ने स्याङ्जाको कालिगण्डकी गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका तथा गुल्मीका कालिण्डकी गाउँपालिका,सत्यवती गाउँपालिका र रुरु गाउँपालिकालाई पत्र लेखेर सुचना गरी सहयोग गरिदिन प्राधिकरणले विशेष अनुरोध समेत गरेको छ । ड्याम खोलिएको समयमा सचेत रहन अनुरोध गर्दै प्राधिकरणले क्षति भएमा आफूहरू जवाफदेही नहुने सुचनामा उल्लेख गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend