logo
  • शनिबार, कार्तिक २२ २०८३

नेपाल रेडक्रस सोसाइटी प्यूठानको ३६ औँ जिल्ला स्तरिय गोष्ठी ६ बुदे घाेषणापत्र जारी गर्दै सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

रमेश गिरि,प्युठान फागुन ७ ।

६ बुदे हंसपुर घाेषणापत्र जारी गर्दै नेपाल रेडक्रस सोसाईटीको ३६ औं जिल्ला गाेष्ठी सम्पन्न भएको छ ।सरस्वती माद्यमिक बिद्यालय हंसपुरमा २ दिनसम्म चलेकाे गाेष्ठीले ३७ औं जिल्ला गाेष्ठी चिरायु मा. वि. चिसावाङ्गमा आयोजना गर्ने निर्णय गरेकाे छ । त्यस्तै गरि प्र. अ. गाेष्ठी जनता मा वि बाग्दुला,शिक्षक नायक गाेष्ठी बाल शिक्षा मा वि मच्छीमा राख्ने निर्णय गरेकाे छ । त्यस्तै गरि विपद व्यवस्थापन तथा उद्धार प्रतियाेगिता बाल विद्या मा वि तथा कृषि कलेज मरन्ठानाले संचालन गर्ने निर्णय गरेकाे छ । जिल्ला गाेष्ठीले ज्ञानहरि रिजालकाे संयाेजकत्वमा १० सदस्य जुनियर/ युवा विकास समिति पनि गठन गरेकाे छ ।

जिल्ला गाेष्ठीले जिल्लाका ९ वटा स्थानिय तहहरूमा आगामी वर्षकाे लागि बक्तत्वकला ,हाजिरिजवाफ ,लाेक गित तथा नृत्य ,कविता, निबन्ध, चित्रकला प्रतियागिता संचालन गर्ने गरि कार्यक्रम वितरण गरिएकाे छ । प्युठान नगरपालिकामा ८ , स्वर्गद्वारी नगरपालिकामा ५, नाैबहिनी गाउँपालिकामा ७, ऐरावती गाउँपालिकामा ५, माण्डवी गाउँपालिकामा ४,झिम्रुक गाउँपालिकामा ८ मल्लरानी गाउँपालिकामा ९ गाैमुखी गाउँपालिकामा ११ सरूमारानी गाउँपालिकामा ११ वटा गरि जम्मा ७३ वटा कार्यक्रमहरू संचालनकाे लागि वितरण गरिएकाे छ ।समापन समाराेहमा सरूमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विककाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

समापन समाराेह मन्तव्य राखै अध्यक्ष विकले परम्परागत कार्यक्रम भन्दा सृजनात्मक तथा सम्वन्धी सराेकारवालालाई प्रत्यक्षलाभ पुग्ने कार्यक्रम ल्याउन सुझाव दिनु भएकाे थियाे । समापन कार्यक्रममा शिक्षा विकास तथा समवन्य एकाईका प्रमुख शिवराज पण्डित,सरूमारानी गाउँपालिकाका स्राेतव्यक्ति गाेपाल जिसी लगायतका अतिथिहरूकाे सहभागिता थियाे । भने कार्यक्रमकाे सहजिकरण ज्ञानहरि रिजालले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend