logo
  • शनिबार, कार्तिक २२ २०८३

रेसुङ्गा बहुमुखी क्याम्पसको ३७ औं बार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन ०६।
रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीको ३७ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर भुसालले क्याम्पसलाई राम्रो बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पस प्रमुख हरी बहादुर खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा सञ्चालक समिति, विद्यार्थी, समुदाय, प्रशासन तथा प्रध्यापक, कर्मचारी लगायत सबैको सहयोगमा क्याम्पस क्युएए भएको उल्लेख गरिएको छ।

त्यस्तै शान्त र मनोरम शैक्षिक वातारण, अधिकार सम्पन्न संगठनात्मक संरचना, आफ्नै जग्गामा सुविधासम्पन्न भवन, व्यवस्थित पुस्तकालय, कम्प्युटर ल्याव र विज्ञान प्रयोगशाला, समुदायसँग सुमधुर सम्बन्ध, छात्रछात्रामैत्री सुविधायुक्त शौचालय लगायतका सबल पक्षहरु रहेको उल्लेख गरिएको छ । त्यस्तै क्याम्पसको आर्थिक स्रोत विद्यार्थीको शुल्कमा मात्र निर्भर हुनुपर्ने, बार्षिक परिक्षाको नतिजा सुधार्न नसक्नु, आर्थिक सबलताको अभावमा रोजगारमुलक कार्यक्रम संचालक हुन नसक्नु, पठनपाठनलाई पूर्ण नियमित र प्रविधिमैत्री बनाउन नसक्नु लगायतका पक्षहरुलाई चुनौतिको रुपमा देखाइएको छ। बार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

त्यसका साथै अनुशासन पुरस्कार, विभिन्न छात्रवृत्ति पुरस्कार, पढाईमा उत्कृष्ठ अकं ल्याउने विद्यार्थी, उत्कृष्ठ कर्मचारी, प्रध्यापक, चन्दादाता लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । भने क्याम्पसलाई क्युएए बनाउन भूमिका खेलेको भन्दै संचालक समिति अध्यक्ष शालिक पन्थीलाई विशेष सम्मान गरिएको छ ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र विद्यार्थी युनियन, विभिन्न विद्यार्थी संगठन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता, मेयर भुसालको प्रमुख आतिथ्यता, संचालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको स्वागत मन्तव्य तथा सहायक क्याम्पस प्रमुख गोविन्द गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend