साझा नेटवर्क
अजय जेम्स,गुल्मी फागुन ६ ।
गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रा.लिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ ! भन्दै विद्यार्थीहरुका लागि स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।
विद्यालयमा विद्यार्थी अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका संचालक समिति अध्यक्ष भलामीले बताउनुभयो ।यो कार्यक्रम गुल्मीका सम्पुर्ण बिद्यालयमा संचालन गर्ने भएकाले सबै विद्यार्थी अबिभावक विद्यालयहरु पत्रकारहरुको साथ र सहयोगको लागी पनि अनुरोध गनुभएको थियो ।
शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि रुपमा रहेका नेपाल नेत्र ज्योति संघ जिल्ला कार्यसमिति गुल्मी का सभापति शेर बहादुर थापाले यस्तो स्वास्थ्य शिक्षाले दिर्घकालिन फाइदा पुग्ने बताउनुतभयो । उहाँले यो कार्यक्रमले धेरै रोगबाट बच्न सकिने भन्दै यो घरघरमा पुराउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । सानै गल्तीले ठुलो रोग लागेर ज्यान समेत जान सक्ने भन्दै यस्तो कार्यक्रमको अत्यन्त आवश्यक रहेको बेला रेसुङ्गा हस्पिटल प्रा.लिले सुरु गरेकोमा खुसी लागेको प्रमुख अतिथि थापाले बताउनुभएको थियो । तत्काल लाई तम्घास भित्रका सबै विद्यालयमा यो कार्यक्रम गरिने छ । गाउँ गाउँमा पनि सामाजिक संघसंस्था सँग समन्वय गरि स्वास्थ्य शिविर संचालन गरिने रेसुङ्गा हस्पिटल प्रा.लिले जनाएको छ ।
कार्यक्रममा बिशिस्ट अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष नबराज भुसालले विद्यालय स्तरमा यस्तो कार्यक्रम गरिनु धेरै राम्रो भएको बताउनुभयो । अध्यक्ष भुसालले रेसुङ्गा हस्पिटलका कारण बिभिन्न रोगका बिरामीहरु उपचारको लागी जिल्ला भन्दा बाहिर जनुपर्ने अवस्था नभएको र बहिरी जिल्लामा जाने हजारौँ खर्च पनि बचत भएको बताउनुभयो साथै यस हस्पिटलले स्वास्थ्य सम्बन्धी कार्यक्रम विद्यालयमा बिद्यार्थीहरुमाझ गर्न लागीरहेकोमा सफलताको शुभकामना दिँदै सम्पुर्ण यो अभियानमा पत्रकारहरुको साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यत्त गर्नुभएको थियो ।
हरेक विद्यार्थी स्वस्थ भए ऊ पढ्न लेख्न र दिमागी ज्ञानमा पनि अब्बल बन्ने भन्दै यस्तो कार्यक्रमले हरेक नागरिक स्वस्थ बन्न सहयोग पुग्ने अध्यक्ष भुसालको भनाइ रहेको थियो । पहिलो पटक तम्घासमा र त्यसपछि नगरपालिकाका विद्यालय भित्र साथै गाउँगाउँमा पनि स्वास्थ्य शिविर संचालन सुरु गरिने बताइएको छ ।
विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रममा रेसुङ्गा हस्पिटलका डा.जिबन थनेत र मेडिकल सुपेरिटेन्ट विपिन भण्डारीले सहजकर्ताको भूमिका निभाउने संचालक समिति अध्यक्ष भलामीले बताउनुभयो । रिडर्स पब्लिक हाई स्कुलबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य विद्यालयमा लगत्तै सुरु गरिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend