साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं फागुन ५।
पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन् ।
आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला महराको पक्षमा आएको हो । जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो । तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend