logo
  • शनिबार, भाद्र २० २०८३

१४३औं प्रथम शहिद क्या.लखन थापा मगर स्मृति दिवस कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

विवेक पुलामी, दोहा फागुन ४ ।

 नेपाल मगर संघ,शाखा कतारको अयोजनामा प्रथम सहिद क्या. लखन थापा मगरको १४३औं स्मृति दिवस संघका अध्यक्ष बिजय कुमार मगरको सभापतित्व र नेपाल मगर संघ, केन्द्रिय समिति काठमाडौंका सल्लाहकार भरत बुढा मगरको प्रमुख आतिथ्यमा दोहाको नज्मा स्थित गोर्खा रेस्टुरेन्टमा एक कार्यक्रमका बीच मनाईएको छ ।कार्यक्रममा मगर संघ, कतारका लागि मगरहरुका साँस्कृतिक वाङ (२०२०/२१) ईश्वर रानामगर र  नेपाल मगर संघ ,शाखा कतारका निवर्तमानअध्यक्ष तथा बर्तमन प्रमुख सल्लाहकार शेर बहादुर रोका मगर पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भिम तरामु मगर एन.आर.एन.ए (एन.सि.सि) कतारका महिला उपाध्यक्ष सरिता भण्डारी, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बकस मिया, कतारमा रहेको नेपाली बैचारिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 ब्यानर अनावरणका साथमा सुरु गरिएको कार्यक्रममा नेपालको राष्ट्रिय गान, मगर गान र प्रथम सहिद क्या. लखन थापा मगर सहित अन्य ज्ञात, अज्ञात शहिदहरु प्रती सम्झना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थित लाई स्वागत मन्तव्य मार्फत संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत गरेका थिए । कार्यक्रमको बारेमा तथा लखन थापामगरको जिवनी बारेमा जानकारी मगर संघ कतारका सचिव लोक बहादुर सिन्जाली मगरले गरेका थिए ।कार्यक्रममा उपस्थित सम्पुर्णले प्रथम शहिद क्या.लखन थापा मगरको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै अतिथिहरुले नेपालका प्रथम शहिद क्या. लखन थापा मगर मगरहरुको मात्र शहिद नभएर देशकै प्रथम शहिद भएकोले उहाँको स्मृति दिवस देशले नै मनाउनु पर्नेमा जोड दिनुभयो । भने प्रमुख अतिथि भरत बुढा मगरले मन्तव्य राख्दै प्रथम सहिद क्या. लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गरिसक्दा पनि पाउनु पर्ने सम्मान राज्यले नदिएको र राज्यले अझै पनि प्रथम सहिद भनिरहदा फागुन २ गते लखन स्मृति दिवस मनाउन पनि नमाएकोमा दुख प्रकट गर्दै प्रथम सहिद क्या.लखन थापा मगर प्रती  श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

संघका अध्यक्ष बिजय कुमार मगरले  राज्यले प्रथम सहिद क्या. लखन थापा मगर लाई राष्ट्रिय विभुती घोषणा गर्नु पर्ने ,लखन थापा मगरको जिवनी पाठयक्रममा राखिनु पर्ने, माघ १६ गते सहिद दिवस नभएर फागुन २ गते सहिद दिवस मनाउनु पर्ने र प्रथम सहिद क्या.लखन थापा मगरको तस्बिर सम्पुर्ण सरकारी कार्यलयहरुमा राखिनु पर्ने कुरा लाई जोडदिनु भयो । कार्यक्रमको संचालन संघका महासचिव विवेक पुलामी मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend