logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडाै‌‌ फागुन २ ।

राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद  सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले  बताए । उपाध्याय २०४२ सालदेखि कांग्रेसको  राजनीतिमा सक्रिय रहदैँ आएका थिए।  हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए ।  २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए ।

उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend